अटोमेटिक पेस्तोलसहित दुई पक्राउ
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १७:२२:५५
जनकपुर, २९ चैत । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेको प्रहरीले जनाएको छ ।
हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार