उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार २३:५५:१०
५ बैशाख, काठमाडौं । कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएको छ । उपन्यास ‘भाइरस लभ’ तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो ।
पुस्तकलाई पत्रकार कृष्ण भुसाल, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतले ५ हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरेका थिए ।
१९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । कार्यक्रममा सहभागी भुषाल, चन्द र अधिकारीले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।
यति धेरै उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा यो नै पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्यायले जानकारी गराए शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ ।
डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’लगायत थुपै उपन्यास र गीत सार्वजनिक भएका छन् ।
डा. उपाध्यायले गीत संगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम केही अगाडि गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने
जेठ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले १ बजे बोलाए मन्त्रिपरिषदको नियमित बैठक
जेठ ३, २०८१ बिहिबार
रुसले आक्रमण बढाएपछि जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित
जेठ ३, २०८१ बिहिबार
मदन–जीवराज स्मृति दिवस आज मनाइँदै
जेठ ३, २०८१ बिहिबार
स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली डाक्टरसहित २ जना पक्राउ
जेठ ३, २०८१ बिहिबार