भरतपुरमा छटपटाएको कांग्रेसको अस्तित्व
यज्ञप्रसाद भट्टराई
बैशाख ६, २०७९ मंगलबार २२:४४:३१
६ बैशाख, काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले अत्यन्तै अप्ठ्यारो मोडमा आइपुगेका छन् । केवल आफ्नो निहित ब्यक्तिगत स्वार्थका कारण पनि प्रचण्ड कहिलेकाँही अप्ठ्यारो परिस्थितिमा पर्ने गर्दछन् । हुन त यस्तै यस्तै अप्ठ्यारो परिस्थितिसँग जुध्न मन पराउने प्रचण्ड यसपटकको स्थानीय निर्वाचनमा भने उनको चुनावी हतियारले काम नगर्ने सम्भावना बढदै जान थालेको राजनीतिका जानकारहरुले बताउन थालेका छन् ।
बिगतमा नेकपा एमालेलाई आफ्नो कब्जामा पारेर चुनावी तालमेल गरेका प्रचण्डलाई यसपटक नेपाली कांग्रेससँगको चुनावी तालमेल भने फलामको च्यूरा सावित हुने देखिँदैछ । देशकै ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भित्र कम्युनिष्टहरुसँंग तालमेल गरेर जाने र एक्लै चुनाव लडने पक्षबीच जुहारी नै चलेको वर्तमान अवस्थामा नेपाली जनताले गठबन्धनलाई के र कस्ता आधारहरुमा विश्वास र भरोसा गरेर मतदान गर्दछन् ? अझै पनि स्पष्ट खाका तयार हुन सकेको देखिँदैन ।
जसका कारण आम कांग्रेस नेता तथा कार्यकर्ताहरु खुलेर कम्युनिष्ट पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट हाल्ने अवस्थामा पुगिसकेका छैनन् । यसको प्रत्यक्ष असर भने नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलाई पर्ने देखिँदैछ ।
केही समय अघिसम्म स्थानीय निर्वाचनमा भागबण्डामा निर्वाचन लडने घोषणा गरेका सरकार सञ्चालनमा रहेका गठबन्धनवादी दलहरु अहिले एक्लाएक्लै चुनाव लडने अभिब्यक्ति दिन थाल्नुले पनि गठबन्धन भित्र दरार पैदा हुँदै गएको आभास हुन थालेको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र अहिले गठबन्धनका बिषयमा बिभिन्न खालका धारणाहरु बजारमा आउन थाल्नुले सरकार सञ्चालनमा रहेका दलहरुबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य होला र ? भन्ने गतिलो आधार र विश्वास गर्न सक्ने अवस्था पनि देखिँदैन ।
यस्ता केबल व्यक्तिगत लाभहानीका आधारमा गरिने पटकपटकका समीकरण र ध्रुवीकरणका बिरुद्धमा आवाज उठाउन अब अबेर गर्नु हुँदैन । त्यसैले दशौं बर्ष केवल प्रचण्ड पुत्रीलाई मात्रै हसिया हथौँडामा भोट हालेर आफु कांग्रेस भएको गर्व गर्नुको कुनै औचित्य र अर्थ छैन ।
केन्द्रीय राजनीतिमा महत्व राख्ने दलहरु र सरकार निर्माणमा सहभागी भएका दलहरुबीच चुनावी तालमेल गर्ने सहमति भैसकेतापनि आम कार्यकर्ताहरु र मतदाताहरु भने अझै पनि अन्योलमै रहेका देखिन्छन् । हिजोसम्म विपक्षी दल भनेर पाखुरा सुर्किएर टेबुलटक देखि गाउँगाउँमा हुने कार्यक्रममा आफ्नो पार्टीको अस्तित्व जोगाउन मरिमेट्ने कार्यकर्ताहरु भने गठबन्धनका सारथीहरुको पदीय भागबण्डा र कुर्सी मोहप्रति बिस्तारै बिरोधका स्वरहरु निकाल्न थालेको देखिँदैछ ।
बिगतका बर्षहरुमा आफ्नो राजनीतिक कर्मथलोको रुपमा प्रयोग गरिहेको चितवन जिल्लामा प्रचण्डलाई यसपटक भने निक्कै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने अवस्था देखिदैछ । आफ्नो सम्पूर्ण शक्ति चितवनमै खर्चिएका प्रचण्डलाई अहिले छोरी रेणु दाहालको राजनीतिक भविष्य जोगाउन पनि धौ धौ परिरहेको छ । सधै राजनीतिलाई धमिल्याएर आफुमाथि उक्लने ‘प्रचण्ड मेथड अफ पोलिटिक्स’ भने यसपटक नराम्रोसँंग पछारिने अवस्था देखिँदैछ ।
चितवनमा कांग्रेस भित्र पनि अहिले स्पष्ट दुई धार देखिएको छ । गठबन्धन गरेर जाने समूह भन्दा एक्लै चुनाव लडने समूह बलियो देखिएकोले यसपटक चितवन कांग्रेसले त्यसमा पनि भरतपुरवासी कांग्रेसले अन्य राजनीतिक दलमा मत हाल्ने, अर्को राजनीतिक दलको स्वार्थका लागि कांग्रेसको अस्तित्व समाप्त पार्ने अवस्थाका बिरुद्धमा बोल्ने साहस गरिरहेको देखिन्छ ।
अहिले चितवन कांग्रेस मात्र हैन सिंगो देशका इमान्दार कांग्रेस नेता तथा कार्यकर्ताहरु रुखमै भोट हाल्न पाउनु पर्छ भनेर बोलिरहेका छन् । चितवनको भरतपुरमा छटपटाएको कांग्रेसको अस्तित्व जोगाउन पनि अहिले सिंगो मुलुकका कांग्रेस नेता तथा कार्यकर्ताहरु बोल्नु परेको छ ।
पार्टी भित्र लामो समयसम्म लागि परेका र बिभिन्न आरोह अवरोहका बीच पटकपटक संघर्ष गरेका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसले चिन्नु परेको छ । आगन्तुकहरुको मनोमानीमा पार्टीलाई बिर्षजनको दिशामा जान दिनु हुँदैन भन्ने हामी सबै कांग्रेसजनले बुझ्नु परेको छ । यस्ता केबल व्यक्तिगत लाभहानीका आधारमा गरिने पटकपटकका समीकरण र ध्रुवीकरणका बिरुद्धमा आवाज उठाउन अब अबेर गर्नु हुँदैन । त्यसैले दशौं बर्ष केवल प्रचण्ड पुत्रीलाई मात्रै हसिया हथौँडामा भोट हालेर आफु कांग्रेस भएको गर्व गर्नुको कुनै औचित्य र अर्थ छैन ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपदरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
अस्थिर र अराजक राजनीतिबाट प्रभावित बजेटले कस्तो परिवर्तन देला ?
जेठ १९, २०८१ शनिबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
जेठ २०, २०८१ आइतबार