मलहोत्रा-अधिकारी कनेक्सन, विमानस्थलको जग्गा यसरी हडपे
कुसुम सेञ्चुरी
बैशाख १६, २०७९ शुक्रबार २२:५९:४६
१६ बैशाख, काठमाडौं । विवादास्पद छविका व्यवसायी दीपक मलहोत्राले आम्दानी हुन्छ भनेपछि केही छाड्दैनन् । त्यो उनको व्यवहारले नै पुष्टि गरिरहेको छ । पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरकारी जग्गा लिज प्रकरणमा मलहोत्रासँग जोडिएका इन्जिनियर प्रदीप अधिकारी पनि आर्थिक विवादमा तानिएका छन् ।
मलहोत्राको रसुवा केडी ज्वाइन्ट भेञ्चरले व्यापारिक कम्प्लेक्स बनाउने भन्दै २०६९ सालमा त्रिभुवन विमानस्थल परिसरमा रहेको नागरिक उड्डयन प्राधिकरणको ५२ रोपनी जग्गा व्यापारिक कम्प्लेक्स बनाउने प्रस्तावका साथ लामो समयका लागि लिजमा लिएको थियो । तर, सम्झौता विपरित पार्किड समेतको व्यापारिक कम्प्लेक्स बनाएर विवादमा तानिए पनि न कारवाही भोग्नु पर्यो, न त निर्माण कार्य नै रोकियो । विमानस्थलको पूर्वीद्धारको पूवपट्र्टी निर्माण गरेको भवन सम्झौता विपरित भएतापनि त्यसमा रोकतोक नहुनुको कारण ढिला गरी खुलेको छ ।
उक्त जग्गामा बनेको व्यापारिक कम्प्लेक्स निर्माणमा नागरिक उड्डयन प्राधिकरण तथा आयोजनामा आबद्ध सिभिल इन्जिनियर प्रदीप अधिकारीकै मिलेमतो रहेको खुलेको हो । महालेखा परिक्षकको ५६ औं प्रतिवेदनमा निर्माण व्यवसायीले सम्झौतामा नभएको भूमिगत पार्किड निर्माण गरेको, स्वीकृत डिजाइन अनुसार भवनको उचाई ३७ फिट रहेकोमा ५२ फिट उचाई हुने गरी संरचना बनाएकोले पर्याप्त मात्रामा सुरक्षाको प्रत्याभूति नरहेको व्यहोरा उल्लेख हुनु तर कुनैपनि कारवाही भोग्नु नपर्नाले निर्माण कार्यमा फ्रन्टमा रहेका मलहोत्रा र व्याकमा रहेका अधिकारीको निकट सम्बन्ध देखिन पुगेको हो ।
समाचार स्रोतका अनुसार निर्माण कार्य सुरु भएदेखि नै नागरिक उड्डयन प्राधिकरणका कर्मचारीबीच मलहोत्रा र अधिकारीको कनेक्सनका सन्दर्भमा बारम्बार चर्चा चल्ने गथ्र्यो । मलहोत्राले निर्माणका क्रममा सरकारी सम्भौता उल्लंघन गर्दै नियम विपरित निर्माण कार्य गरिरहँदा समेत प्राधिकरणका तर्फबाट कुनै सिकायत नआउनुको कारण मलहोत्रा अधिकारी कनेक्सन देखिएको हो ।
त्यतिमात्र नभएर नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल परिसरमा कार्यालय प्रयोजन वा व्यापारिक प्रयोजनमा सटरहरु भाडामा लगाई आम्दानी लिने कार्यलाई टेण्डरमार्फत स्वीकृत भएको बोलपत्र खाताबाट गराउँदै आएको छ । उनै इन्जिनियर प्रदीप अधिकारीको मिलेमतोमा अनेकौं प्रपञ्च मिलाएर सुवाश श्रेष्ठ समेतको टोलीलाई टेण्डर उपलब्ध गराइएको स्रोतको दावी छ । सटर भाडामा पाउन सजिलो छैन, तोकिएभन्दा बढी रकम लेनदेन पश्चात मात्र सटर पाउने अवस्था छ ।
कागजमा देखाइएको रकम भन्दा धेरै रकम सुवाश श्रेष्ठलाई बुझाएपछि मात्र सटर उपलब्ध गराइन्छ । यसरी सरकारी रकम हानीनोक्सानी गराएर व्यक्ति मोटाइरहेको अवस्थामा समेत नागरिक उड्डयन प्राधिकरण मौन बस्नुको कारण इन्जिनियर अधिकारी समक्ष मोटो रकम पुग्नु हो भन्ने बारेमा जोकोही अनभिज्ञ छैन । तर, यस बारेमा अधिकारी र श्रेष्ठको शक्ति र पहुँचका अगाडि निरीह कर्मचारी भने खुलेर बोल्न चाहान्नन् ।
प्राधिकरण स्रोतका अनुसार इन्जिनियर अधिकारी आफू हात थाप्न मात्र होइन, माथिसम्म पुर्याउन र रिझाउन पनि खप्पीस मानिन्छन् ।
अधिकारीले आफ्ना विश्वासपात्र इन्जिनियर प्रवेश अधिकारीलाई भैरहवा विमानस्थल र मीनराज ओझालाई पोखरा विमानस्थलमा राखेर आफूअनुकुल फाइदा लिएकै हुन् । हतारहतार पोखरा विमानस्थल हस्तान्तरणको काम सकिइसकेको र गरेका अनियमितताले अघोषित रुपमा अनुमोदन भैसकेर होला मीनराज ओझालाई अर्को आयोजनामा पठाउन केन्द्रमा ल्याएर राखिएको हल्ला प्राधिकरणमा व्यापक छ । आफैँ महानिर्देशक भएको अवस्थामा त झन् कुन विश्वासपात्रलाई कहाँ राखेर कस्तो किसिमको लाभ लिने भन्नेमा प्रदीप अधिकारीले कुनै संकोच मानिरहनु नै नपर्ने अवस्था छ ।
नागरिक उड्डयन प्राधिकरण भित्र गुनासैगुनासा भएर पनि त्यहाँभित्र आर्थिक अनियमितताका घटनाक्रम भने झन् बढिरहेको बताइन्छ । पछिल्लो समय पोखरा र भैरहवा विमानस्थल निर्माणका क्रममा भएका आर्थिक अनियमितताका पाटाहरु बिस्तारै खुल्दै जाला । साथै, विमानस्थल आयोजनामा बसेर इन्जिनियर अधिकारीलगायतको समूहले के कति आर्थिक उपलब्धी गरे भन्ने पनि पनि छानविन पक्कै हुने नै छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार