आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १९:५५:१२
२७ बैशाख, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारमा नयाँ सेवा स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।
सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशतभन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको उल्लेख गरे ।
अर्थतन्त्रका महत्वपूर्ण सूचक ऋणात्मक रहेको अवस्था र रेमिट्यान्स आप्रवाह घट्दो छ तथा लगानीयोग्य पुँजीको अभाव चरम रहेको जानकारी गराए । सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बिमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिए ।
कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका-३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तलाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको व्यहोरा सहर्ष जानकारी गराए ।
कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पूँजी २.५० अर्ब पुर्याउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशनबमोजिम पूँजी योजना बिमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिँदै हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको हुनाले उल्लेखित बोनस शेयर जारी भएपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने जानकारी गराए ।
सभासमक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनिका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीलाई उनले धन्यवाद व्यक्त गरे । त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ बार्षिक साधारण सभामा सम्पूर्ण सेयरधनीलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीको टिमको सहयोगबाट आज बिमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भइरहेको जानकारी गराए ।
यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने उनले प्रतिवद्धता जनाए । लगानीकर्ताको भावना र सञ्चालक समितिको निर्देशनले संस्था अगाडि बढिरहेको उनको भनाइ थियो ।
आव २०७६/७७ मा १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अरब ५२ करोड २१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बिमा शुल्क वृद्धि भएको तथा भने चालु आवको चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब २८ करोड ६१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए ।
श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बिमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बिमालाई अगाडी बढाउँदै बिमा सेवालाई जनस्तरसम्म पुर्याउनको लागि ७ वटै प्रदेशमा शाखा विस्तार गरेको पनि जानकारी गराए ।
कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियम, आन्तरिक लेखा परीक्षण लगायत बिमा समितिबाट समय समयमा प्राप्त निर्देशनको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा सञ्चारमा विशेष ध्यान दिँदै डिजिटलमा विषेश ध्यान दिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक
पुष २५, २०८० बुधबार
डिजिटल रेमिट्यान्स प्रवद्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का युएई जाने
फागुन २, २०७९ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार