कस्ताे छ २०७९ साल जेठ महिनाको तपाईको राशीफल ?
ज्योतिषी: गणेश काफ्ले
जेठ १, २०७९ आइतबार १३:२६:४१
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- धन तथा कुटुम्ब भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले धन सम्पती हराउने,लुटिने तथा स्थाई सम्पतीमा विवाद हुन सक्छ ध्यान दिनुहोला । आउने अवसरहरुलाई क्याच गर्न नसस्दा उपलव्धी हातबाट फुत्किने छ । होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्ने छ । टाउँको,आँखा तथा पेट तथा छात्ति सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । तरपनि बुध,शुक्र र मंगल ग्रहको अनुकुल प्रभावले न्यायिक क्षेत्रमा काम गर्ने न्याधिस,अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागी समय फलदायी रहने छ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलव्धी हासिल हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउने छ । राज्य भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले निर्माण सामाग्री, मेडिकलका सामान खाद्यान्न जस्ता क्षेत्रमा गरिएको लगानीबाट भारि आम्दानी हुने छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- बृष राशि भएका व्यक्तिहरुका लागी बुध र शुक्र तथा शनिको अनुकुल प्रभावले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने छ । पराराष्ट्र तथा कुटनितिको क्ष्ँेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिने छ । मायाप्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिने छ । भाग्यभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले कार्यकारी पद,उच्च पोष्ट तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समय शुभ रहने छ । तरपनि आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिने छ । स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप,टाउँको दुखाई,आँखा,श्वासप्रश्वास तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्वन्धी समस्या नआउला भन्न सकिन्न । आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुनसक्छ ध्यान दिनुहोला ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- महिना भरिनै शनिको अढैयाको प्रभावले आँखा,हड्डी तथा मुटु तथा श्वासप्रश्वास सम्वन्धी पुराना बिरामी हरुले ख्याल गर्नुहोला । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त,घर परिवार तथा साथिभाईसँग सैद्धान्तिक विषयमा मतभेद बढ्ने छ, भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडी बडे फाईदा हुने देखिन्छ । खर्चालु यात्रा हुन सक्छ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचना सहितको जन समर्थन प्राप्त हुने छ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी कठिनाई तथा असजिलो परिस्थितीको सामना गर्नु पर्ने योग रहेको छ । तरपनि बुध,शुक्रको अनुकुल प्रभावले विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा समग लगानी गर्नेहरुका लागी समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरु भेटिने छन् । बंश वृद्धिको गतिलो योग रहेको छ । विलाशी वस्तुको प्रयोग गर्न पाईने तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- बिद्यार्थी वर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्ने छन् । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउँने समय रहेको छ । पैत्रिक धन तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ । बिपरित लिङग तथा साथी संगतले फाईदा हुने तथा विलाशी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहने छ । लामो समयदेखि थाती रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रसस्त धन तथा सम्पती कमाउन सकिने छ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ठ भोजन गर्ने अवसर जुर्नेछ । महिनाको अन्ततिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् । धर्म तथा आध्यात्मिकतामा मन जानेछ भने लामो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार भावमा गोचर गर्ने शनिको प्रभावले निर्माण सामाग्र,औषधी तथा खाद्यान्न सम्बन्धी समानको व्यापारमा बृद्धि भए पनि अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा बिद्यार्थी बर्गहरुले आफ्नो प्रतिस्पर्धी हरुलाई हराउन अली वढी मिहेनत गर्नुपर्नेछ । प्रशासनीक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुस्तरुपमा अगाडी बढ्नेछन् भने चुनौतिका पर्खालहरु आफै ढल्नेछन् । मायाप्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिने छ । बुध,शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जाने छ । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन कला तथा बाणिमा सुधार गर्दै उन्नतीका पाईला अगाडी बढाउन सकिने छ । प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिको प्रभावले हार्डवयेर,निर्माण सामाग्री जस्ता सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्ने छ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी राज्यबाट पद प्राप्तीको योग रहेकोछ । नोकरीमा मान सम्मान पाईने योग रहेको छ । गितकार,संगितकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहने छ । मायाप्रेम गर्नेहरुले आफ्नो मायालुको साथ पाउने छन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिने छ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला श्वासप्रश्वास, छात्ति तथा मुटुमा समस्या देखिन सक्छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्य तथा शनिको अढैया दशाको प्रभावको कारण आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाईने छ । स्थाई सम्पतीमा विवाद आउने योग रहेकोछ भने दिदि बहिनी तथा आफन्तसँग अनाबस्यक विवाद हुन सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको उपश्थिती कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आँखा,हड्डी,मुटु, श्वासप्रश्वास तथा छात्ति सम्बन्धी र मेरुदण्ड सम्वन्धी रोगबाट पिढित भएकाहरुले भने सचेत हुनु जरुरी देखिन्छ । महिनाभरी नै शनिको साढेसातीको प्रभावले घरजग्गा तथा सवारीसाधनको कारोबारमा मन्दि आउने छ । भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध,शुक्र तथा अरु ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मेहनेत गर्दा पढाइ लेखाइमा उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । पत्रकार,उद्योगी व्यापारी,खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- व्यापार भावमा गोचर गर्ने सूर्यले राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवनसाथिसँग राय बाजिने छ । ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लागानीबाट आम्दानी हुने छैन । तरपनि अन्य ग्रहको अनुकुल प्रभाव पढाईलेखाई सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिने छ । विभिन्न अवसरहरुको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलव्धी हात पर्नेछन् । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउने छ । राजनीति,व्यापारी,पत्रकार,विद्यार्थी र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिने छ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्यकता पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहने छ । पराक्रम भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले निर्माण सामाग्री र औषधीजन्य बस्तुको व्यापार फस्टाएर जाने छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- छैटौ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशी काम गरेर अरुको मन जित्न सकिने छ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने छ भने पद प्राप्तीको योग रहेको छ । पढाईलेखाईमा अरुलाई पछाडी छोड्दै तपाईको नाम अग्र स्थानमा आउने छ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदातल तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनी गरी मनग्गे आम्दानी गर्न सकिने छ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउने छ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरु बढाउन सकिने छ । राजनीतिकर्मी,समाजसेवी,पत्रकार,खेलाडी,बिद्यार्थी तथा मेडीकल क्षेत्रसँग सम्वन्धीत व्यक्तिहरुका लागी समय उत्तम रहेको छ । तरपनि महिनाभरिनै शनिको आद्य साढेसातीको प्रभाव पर्ने हुँदा बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । समयमा काम नसकिने तथा बौद्धिक व्यत्तित्वसँग सैद्धान्तिक राय बाजिने छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले पिरोल्ने छ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाईलेखाईमा अरुभन्दा पछी परिने छ । शनिको साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा पेट तथा श्वास प्रश्वास सम्वन्धी पुराना बिरामीहरुले बिशेष ध्यान दिनु जरुरी छ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध,शुक्र तथा अन्य ग्रहको अनुकुल प्रभावले राननीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तीको गतिलो योग बनेको छ । लेखन,कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समयले साथ दिनेछ । भूमि तथा पैत्रिक धन प्रयोग गरी मनग्गे धन सम्पती कमाउन सकिने छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- सुख भावमा महिनाभर सूर्यको प्रभावले आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । छाती सम्वन्धी तथा श्वास प्रश्वास र मुटु सम्वन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको व्यापारीहरुका लागी समय मध्यम रहेको छ । शनिको आद्य साढेसातीको प्रभाव रहने हुनाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । तर चिनामा शनि बलवान हुनेहरुका लागी समय फलदायी नै रहने छ । बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल रहने हुनाले राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनीहरुका काम गर्नेहरका लागी समयले साथ दिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिने छ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पती जोड्न सक्ने छन । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेको छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- मीन राशि भएका व्यक्तिहरुका लागी यो महिना समय उत्तम रहेको छ । मुद्दा मामिला तथा न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवनशैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पती संग्रह गर्नेछन् । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाँफा कमाउन सकिने छ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिने छ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडी बढ्न सकिने छ । अन्धविश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । मायाप्रेमका सम्वन्धहरु विवाहमा परिणत गर्ने सहमती जुट्ने छ । तरपनि तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
तपाईको महिना दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्ताे छ, तपाईकाे २०७८ साल भदौ महीनाको राशीफल ?
भदौ १, २०७८ मंगलबार
तपाईको २०७८ साल साउन महीनाको राशीफल
साउन १, २०७८ शुक्रबार
तपाईको असार महिनाको राशीफल कस्तो छ ?
असार १, २०७८ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार