तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ ७, २०७९ शनिबार १०:५५:३५
वि.सं.२०७९ साल जेष्ठ ०७ गते । शनिबार । ईश्वी सन् २०२२ मे २१ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– षष्ठी, बेलुकी ०८ बजेर १२ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–उत्तराषाढा, बिहान ०६ बजेर २२ मिनेट उप्रान्त श्रवण । योग–शुक्ल, दिउसो १ बजेर १७ मिनेट उप्रान्त ब्रम्ह । करण–गर, बिहान ०९ बजेर १९ मिनेट उप्रान्त वणिज, बेलुकी ०८ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५४ पला ।
मेष‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- व्यापारमा थोरै समय दिदापनि मनग्गे आम्दानी गर्न सकिने छ । पढाईलेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गितसंगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको समर्थन रहने हुनाले ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- आकस्मिक धन सम्पती प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पती हात लाग्ने योग रहेको छ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धीमुलक कामहरु गर्न सकिने छ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगती हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ ।
मिथुन‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछी लाग्दा दुख पाईने छ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहने छ । अरुकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहने छ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिने छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिने छ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशि भएको महसुस गर्नेछन् ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्रस्थानमा आउने छ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिने छ । बौद्धिक क्षेत्र तथा बित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । मायाप्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहने छ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अली बढि नै संघर्ष गर्नु पर्नेछ । साझको समय राम्रो रहेकोले यात्राको तय हुनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिने छ । साझको समय मध्यम रहेकोले सवारीसाधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिने छ । गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिने छ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिने छ । मायाप्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धीत व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिने छ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- व्यापार व्यवसायमा प्रसस्त नाँफा कमाउन सकिने छ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईको लुवाईख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । छोटो दुरिको रमाईलो यात्राको तय हुनेछ ।
कुम्भ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेको छ । बिदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहने छ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिने छ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिने छ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
टी–२० विश्वकप : ओमान र नामिबियाको खेल सुपर ओभरमा
जेठ २१, २०८१ सोमबार
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पेस गरिने
जेठ २१, २०८१ सोमबार
फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक
जेठ २१, २०८१ सोमबार
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
जेठ २१, २०८१ सोमबार
व्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित
जेठ २१, २०८१ सोमबार
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ २१, २०८१ सोमबार