दस महिनामा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २२:५५:२९
११ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दस महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरूले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार गएको वैशाख महिनामा मात्र ४५ हजार ४ जनाले वैदेशिक रोजगारमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३ र २०७९ वैशाखमा ४५ हजार ४ जनाले श्रम स्वीकृति लिएका छन् ।
पछिल्ला दस महिनामा प्रत्येक महिना औषतमा ५० हजार ५४९ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ । यही शैलीमा जेठ र असार महिनामा पनि श्रम स्वीकृति लिनेको संख्या बढे चालु आर्थिक वर्षमा ६ लाखभन्दा बढीले श्रम स्वीकृति लिनेछन् ।
कोरोना महामारी कारण पछिल्लो दुई वर्ष वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो, जसले गर्दा नेपाल भित्रने रेमिट्यान्समा समेत असर गरेको थियो ।
गत वर्षबाट कोरोनाको खोप प्रयोगमा आएपछि वैदेशिक रोजगारमा जानेको संख्या पुनः बढ्न थालेको हो ।
सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः घट्दै गएको थियो ।
कोरोना महामारी सुरु भएको वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।
कोरोना महामारीले थलिएको वैदेशिक रोजगार यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्यांकले देखाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार