एमाले सांसदलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध पेस हुन ओलीको निर्देशन
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २३:२८:५४
११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रूपमा पेस हुन निर्देशन दिएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् ।
‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विश्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भने, ‘उहाँले संसदमा सशक्त रूपमा पेस हुन आग्रह गर्नुभएको छ ।’
बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरीत कार्यक्रम राखेको उल्लेख गरेका थिए ।
संविधानको विपरीत, राष्ट्रहित विपरीतका कुरालाई सशक्त रूपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए ।बैठकमा निर्वाचनको विषयमा गम्भीर छलफल नभएको नेता रावलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार