‘बी’ ग्रेडका फिल्ममा हट र बोल्डले तहल्का मच्चाउने अभिनेत्रीहरू
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार २३:४:५१
१२ जेठ, एजेन्सी । बलिउड सेलिब्रेटीहरू कुनै न कुनै कारण चर्चामा आइरहन्छन् । चाहे त्यो फिल्मी करियरलाई लिएर होस् या निजी जीवनका कारण नै किन नहोस् । यो मामलामा विशेषत अभिनेत्रीहरू अगाडि छन् । प्रायः अभिनेत्रीहरू आफ्नो बोल्ड शैलीका कारण चर्चामा आइरहन्छन् । बलिउडमा यस्ता केही अभिनेत्रीहरू छन्, जसले ‘बी’ ग्रेडका फिल्ममा आफ्नो हट र बोल्ड शैलीले तहल्का मच्चाएका थिए ।
कटरीना कैफ
बलिउडकी सुन्दर अभिनेत्री कटरीना कैफले कुनै समय ‘बी’ ग्रेडको फिल्ममा पनि अभिनय गरेकी थिइन् । सन् २००३ मा रिलिज फिल्म ‘बुम’मा कटरीनाले अभिनेत्री गुलशन ग्रोवरको अपोजिटमा रही अभिनय गरेकी थिइन् । यो फिल्ममा अभिनेत्रीले एकसे एक बोल्ड दृश्य दिएकी थिइन् ।
नेहा धुपिया
बलिउड अभिनेत्री नेहा धुपिया केही उत्कृष्ट फिल्मका लागि चिनिन्छिन् । उनले कैयौं ‘बी’ ग्रेडका फिल्ममा पनि अभिनय गरेकी छन् । सन् २००५ मा रिलिज फिल्म ‘शीशा’ पनि त्यसमध्ये एक हो । यो फिल्ममा उनले निकै बोल्ड दृश्य दिएकी थिइन् ।
पायल रोहतगी
‘बी’ ग्रेडका फिल्ममा अभिनय गर्ने अभिनेत्रीको सूचीमा पायल रोहतगीको नाम छुट्दैन । सन् २००४ मा रिलिज फिल्म ‘तौब(तौबा’मा उनी निकै बोल्ड देखिएकी थिइन् । हालैमात्र कंगना रनावतको प्रख्यात रियालिटी शो ‘लक अप’मा पायल उपस्थित भएकी थिइन् ।
अर्चना पुरन सिंह
अभिनेत्री अर्चना पुरन सिंह अहिले ‘द कपिल शर्मा शो’का कारण चर्चामा छिन् । अर्चनाले पनि ‘बी’ ग्रेडको फिल्म ‘रात के गुनाह’मा आफ्नो बोल्डनेस देखाइसकेकी छन् । यो फिल्म सन् १९९४ मा रिलिज भएको थियो ।
ईशा कोप्पिकर
अभिनेत्री ईशा कोप्पिकरले बलिउडका धेरै ठूला फिल्ममा अभिनय गरेकी छन् । तर कुनै समयमा उनले ‘हसीना’ र ‘गलप्रेण्ड’ जस्ता ‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेकी थिइन् ।
प्रिती झंगियानी
अभिनेत्री प्रीती झंगियानी पनि ‘बी’ ग्रेडको हिस्सा बनिसकेकी छन् । उनले सन् २००६ मा रिलिज फिल्म ‘हसीना’मा आफ्नो बोल्ड अन्दाज देखाएकी थिइन् ।
ममता कुलकर्णी
९० दशककी लोकप्रिय अभिनेत्री ममता कुलकर्णीले आफ्नो करियरमा कैयौं फिल्ममा अभिनय गरिन् । यसबाहेक उनले सन् २००० मा रिलिज ‘बी’ ग्रेडको फिलम ‘डिवाइन टेम्पल खजुरा’मा पनि अभिनय गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !
बैशाख १९, २०८१ बुधबार
जोली एलएलबी ३ को छायांकन राजस्थानमा हुने
बैशाख १६, २०८१ आइतबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार