तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ १५, २०७९ आइतबार १२:५७:५६
वि.सं.२०७९ साल जेष्ठ १५ गते । आइतबार । ईश्वी सन् २०२२ मे २८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि–चतुर्दशी, दिउँसो ०२ बजेर ३९ मिनेट उप्रान्त औशी । नक्षत्र–कृतिका, अहोरात्र । योग–अतिगण्ड, बेलुकी ११ बजेर १५ मिनेट उप्रान्त सुकर्मा । करण–शकुनी,दिउँसो २ बजेर ३९ मिनेट उप्रान्त चतुष्पद, रातको ०३ बजेर १७ मिनेट उप्रान्त नाग । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष,बिहान ११ बजेर ३१ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी १२ पला ।
मेष‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्ने छ । आयआर्जनमा बृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- सानातिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिने छ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिने छ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तिको योग रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।
मिथुन‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैरन्ययिक काम नगर्नुहोला, दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । मायाप्रेममा धोका हुनेछ भने पढाईलेखाईमा मन नजादा अरुभन्दा पछि परिने छ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामोदुरीको विदेश यात्रा हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- पछिसम्म फाईदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिने छ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोतसाधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिने छ । बैक तथा वित्तीय पेशासँग सम्बन्धित कामहरुबाट आम्दानी बढाउन सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीसँग थप आत्मिय भाव बढ्नेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- पढाईलेखाईमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पति प्रयोग गर्न पाईने छ । नविन विचारको प्रयोगमार्फत व्यवसायलाई बढाउन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने छ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिने छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने छ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामोदुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- व्यवसायिक यात्रा हुने गतिलो सम्भावना रहेको छ । पढाईलेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिने छ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोशजाँगर बढेर जाने छ । मायाप्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुशी रहने छ । पाहुना लागेर कतै जाँदा आथित्यको सत्कार तथा सम्मान पाईने छ । बिभिन्न सहयोग तथा उपहार प्राप्तिको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुढड हुन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडि बढ्ने छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै जीत हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाईलेखाईमा राम्रो नतिजाका साथ तपाईको नाम अग्रस्थानमा आउने छ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउने छ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एककदम अगाडी आउने छ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयरबजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ भने जीवनसाथीले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिने छ ।
कुम्भ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घरपरिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अली बढी नै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्ने छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- दौडधुप तथा लामो खटाईले मात्र कामहरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरुसँग विवाद बढ्ने योग रहेको छ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार