तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ १८, २०७९ बुधबार ११:२३:७
वि.सं.२०७९ साल जेठ १८ गते । बुधबार । ईश्वी सन् २०२२ जुन ०१ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि–द्वितीया, बेलुकी ०७ बजेर ४३ मिनेट उप्रान्त तृतीया । नक्षत्र– मृगशिरा, बिहान ११ बजेर ४२ मिनेट उप्रान्त आद्र्रा । योग– शूल, रातको १२ बजेर ३६ मिनेट उप्रान्त गंड । करण–बालव, बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त कौलव, बेलुकी ७ बजेर ४३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी १८ पला । वन उपभोक्ता दिवस ।
मेष‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धी कमाउन सकिने छ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउने छ । मायाप्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाईलेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिने छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- सबैको सहयोग पाईने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिने छ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । गित संगित तथा मोडलिङ पेशा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।
मिथुन‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिने छ, भने केहि रकम बचत गर्न सकिने छ । पढाईलेखाईमा अली बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिने छ । मायाप्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागी दिन प्रभावकारी रहने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिने छ भने सयमित नभए अप्रिय घटना घट्न सक्छ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षती हुने योग रहेको छ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाईलेखाईमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उचित हुनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- व्यवसाय फस्टाएरु जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालाई निखार्ने सकिने छ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् । चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउन सकिने छ, भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिने छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइने छ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्ने छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । मायाप्रेममा एक अर्कालाई केही समय शंका तथा अबिश्वास गरेपनि अन्तत बिश्वास गर्दै अगाडी बढ्न सकिने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने बिदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुःख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउने छ । सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:-प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिने छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउदै लान सकिने छ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिने छ ।
कुम्भ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइने छ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिने छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिने छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिने छ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवनसाथीको सहयोग रहने छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार