आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती
नेपालबहस संवाददाता
जेठ २१, २०७९ शनिबार १७:७:१
२१ जेठ, एजेन्सी । सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म आइपुगेको छ ।
पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परागत हिन्दू समारोहबीच क्षमा बिन्दुको विवाह हुँदैछ ।
रातो दुलहीको पोशाकमा सजिँदै हातमा मेहन्दी र कपालमा सिन्दुर लगाएर उनले विवाह मण्डपको पवित्र आगोको वरपर सात फन्को लगाउनेछिन् । विवाहको अघिल्लो दिन हल्दी र नृत्य तथा सांगीतिक कार्यक्रम आयोजना हुनेछ । विवाहपछि उनी हनिमुनको लागि दुई साता गोवा जानेछिन् ।
यी सवै प्रक्रियामा दुलाहा भने हुने छैनन् । भारतमा अहिलेसम्मकै पहिलो मानिएको सोलोगामीलाई विन्दुले सुरुवात गर्दैछिन् । ‘धेरै मानिसहरूले म धेरै आकर्षित भएको बताउँछन्’, समाजशास्त्रीकी २४ वर्षीया विद्यार्थी तथा ब्लगर भन्छिन्, ‘उनीहरूलाई म आकर्षित भएको बताउँछु ।’
आफूले आफैलाई विवाह गरेर विन्दुले ‘आफ्नो माया’प्रति समर्पित भएको बताउँछिन् । ‘स्वयंमलाई विवाह गर्नु भनेको आफ्नो लागि प्रतिबद्ध हुनु हो । यसले तपाईलाई सबैभन्दा जीवित, सुन्दर र आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ ।’ उनको आगामी विवाहलाई अभिभावकले पनि सहमति जनाएका छन् । बाबुआमाले आर्शीवाद दिएका छन् भने साथीभाइ वैवाहिक कार्यक्रममा सहभागी हुने जनाएका छन् ।
लगभग २० वर्षअघि लोकप्रिय अमेरिकी श्रृंखला सेक्स एन्ड द सिटीकी पात्र क्यारी ब्राडशाले यसलाई उठाएपछि सोलोगोमीबारे चर्चा हुन थालेको हो । तर, त्यो व्यङ्ग्य नाटक मात्र थियो ।
त्यसयता धेरैले यस्ता विवाह गरेका छन् । विशेषगरी एकल महिलाको यसप्रति रुची बढ्दो छ । एउटा असामान्य घटनामा ब्राजिलकी ३३ वर्षीया मोडलले आफूले आफैलाई विवाह गरेको तीन महिनापछि ‘सम्बन्ध बिच्छेद’ गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार