भलिबल विकासका सुत्राधारः ‘जगदीश गुरु’
नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार २१:१९:३०
♦शेरबहादुर सिंह
२२ जेठ, महेन्द्रनगर। जुनसुकै क्षेत्रमा पनि सफलता सहजै मिल्दैन । कठिन संघर्ष गर्नुनै पर्छ । यस्तै खेल क्षेत्रमा निरन्तरको मेहनत र संघर्षले सफल प्रशिक्षकका रुपमा परिचित भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले कंचनपुरको
महेन्द्रनगरमा खेलाडी उत्पादनका लागि थालेको अभियान लोभलाग्दो छ ।
आफू खेलाडी हुँदाको समयमा १२ वर्ष राष्ट्रिय पुरुष टिमबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका प्रशिक्षक भट्टले पछिल्लो समय नेपाली महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइरहेका एकपछि अर्को उपाधिले चर्चामा छन् । कारण उहाँ पछिल्ला वर्षमा नेपाली राष्ट्रिय महिला टिम सम्हाल्दै आउएका छन् ।
“खेलाडी जीवनबाट सन्यास लिएर प्रशिक्षकका रुपमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको पनि २९ वर्षभयो” उनले भने, “अझै नेपाली भलिबल टिमलाई अन्तर्राष्ट्रियस्तरमा सफलता दिलाउने गरी योजनाका साथ अघि बढेका छौँ ।” महिला टिमको प्रशिक्षक भएपछि काठमाडौँमा व्यस्त हुने उनी बिदामा गृहनगर आउँदा पनि भलिबलको विकास र खेलाडी उत्पादनमै समय खर्चिरहनुहुन्छ ।
कंचनपुरकाे
महेन्द्रनगरस्थित कवर्डहल परिसरमा प्रशिक्षक भट्ट र जिल्ला भलिबल संघको पहलमा नेपाली सेनाले २०६१ सालमा प्रशिक्षक केन्द्र निर्माण गरिदिएको छ । प्रशिक्षक केन्द्रको विकाससँगै पछिल्लो समय भलिबल प्रशिक्षण केन्द्रसमेत यहाँ निर्माण गरिएको छ ।
अहिले भलिबलका लागि आवश्यक ‘हाइट’ भएका खेलाडी यहाँ नियमित प्रशिक्षणरत छन् । खेलाडी जीवनदेखि नै खेलाडीलाई बढी सयम दिँदै आएका प्रशिक्षक भट्टकै सक्रियतामा महेन्द्रनगरले हरेक वर्ष सयौँ नयाँ प्रतिभावान खेलाडी जन्माइरहेको छ । खेलाडी हुँदादेखि प्रशिक्षक हुँदासम्म सफलताले चर्चामा रहदै आएका प्रशिक्षक भट्टले यहाँ खेलाडीको हितका लागि गरेका पहल सकरात्मक रहेको छ । साथै उनी खेलाडी छात्राबास निर्माणको पहलमा छन् ।
“अभाव र प्रभावसित जुधिरहेका खेलाडीलाई प्रशिक्षण केन्द्रमै राखेर प्रशिक्षण गराउने उद्देश्यले खेलाडी छात्राबास निर्माणको पहलमा छौँ” उनले भने, “अहिले पनि प्रशिक्षक केन्द्रमै बसेर २०÷२२ जना खेलाडी प्रशिक्षण गरिरहेका छन् ।” स्तरीय प्रशिक्षण मात्रै होइन, खेलाडीको वृत्तिविकासका लागि पनि भट्टले खेलाडीलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाएका छन् ।
यहाँका क्याम्पस र विद्यालयमा प्रशिक्षक भट्टकै आग्रहमा ६० जना खेलाडी निःशुल्क अध्ययन गर्छन् । “पोखरा, काठमाडौँ र बुटबलसम्म खेलाडीलाई अध्ययनको व्यवस्था मिलाएको छु” उनले भने, “खेल्ने र विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्थापन गरिँदै आएको छ ।” यहाँ दैनिक ८० देखि ९० जना महिला तथा पुरुष खेलाडी प्रशिक्षणमा हुन्छन् । प्रशिक्षण केन्द्रबाट उत्पादन भएका खेलाडीमध्ये सयौँले राष्ट्रिय टिमबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामासमेत भाग लिइसकेको उनको भनाइ छ ।
केही समययता यहाँको भलिबल प्रशिक्षण केन्द्रमा स्वमय्सेवक प्रशिक्षकका रुपमा सिनियर खेलाडीद्धय लालबहादुर बटाला र दीपेन्द्र भट्टलेसमेत सहयोग गरिरहेका छन् । “प्रशिक्षण केन्द्रमै बास बसेर प्रशिक्षण गर्ने खेलाडीको खानपिनको व्यवस्थाका लागि दाता र राष्ट्रिय खेलकूद परिषद्बाट पनि कहिलेकाहीँ सहयोग भइरहेको छ” उनले भने, “हामीसित नियमित आयस्रोत नभए पनि खेलाडीलाई जेनतेन सुविधा दिइरहेकै छौँ ।”
कंचनपुरमा उत्पादन भएका भलिबल खेलाडी करिब ५० प्रतिशत विभिन्न विभागीय टिमबाट खेलिरेहको उनको भनाइ छ । “राष्ट्रिय टिममा पनि यहाँ उत्पादन भएका खेलाडीको बाहुल्यता छ” उनले भने, “भलिबल खेलाडीको उर्वरभूमि सुदूरपश्चिमको खेल विकासमा नीति निर्माण तहमा पुगेकाकाले पनि यसतर्फ ध्यान जानु आवश्यक छ ।” विसं २०५८ यता भलिबल खेलेका करिब एक हजार २०० भन्दा बढी सेना प्रहरीमा जागिरे भइसकेका छन् । “खेलाडीको भविष्य सुन्दर बनाउने खालका योजना ल्याए खेलप्रतिको आकर्षण बढ्दै जान्छ” उनले भने, “त्यसका लागि राज्यको प्राथमिकतामा खेलकूद पनि पर्नु आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
टुँडिखेलमा सुरु भयो सीप मेला
बैशाख १९, २०८१ बुधबार
टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
बैशाख १९, २०८१ बुधबार
बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै
बैशाख १९, २०८१ बुधबार
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय
बैशाख १९, २०८१ बुधबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
बैशाख १९, २०८१ बुधबार
पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ बर्षिय बृद्ध पक्राउ
बैशाख १९, २०८१ बुधबार