राप्ती हाइड्रोको आईपिओमा आजदेखि आवेदन दिन सकिने
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १३:५:४३
२४ जेठ काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ९३ हजार को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पुर्बी रुकुम र पश्चिम रुकुम जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण सामुहिक लगानी कोष तथा कर्मचारीमा समेतमा निष्काशन गरिने छ ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार ७ गते र ढिलोमा असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ भने सहनिष्काशनकर्ताका रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, सिस्ने रुरल नगरपालिका ६, छिपीदह रुकुम पूर्व, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, मुसिकोट रुकुम पश्चिम, सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय पुथा उत्तरगंगा रुकुम पूर्व, सिद्धार्थ बैंक लिमिटेड, शाखा कार्यालयः मुसिकोट, रुकुम पश्चिम प्रभु बैंक लिमिटेड, शाखा कार्यालयः रुकुमकोट, रुकुम पूर्व र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार