तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ २५, २०७९ बुधबार ११:३५:४
वि.सं.२०७९ साल जेठ २५ गते । बुधबार । ईश्वी सन् २०२२ जुन ०८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–नवमी, रातको ३ बजेर २७ मिनेट उप्रान्त दशमी । नक्षत्र–उत्तरफाल्गुनी, रातको १२ बजेर २६ मिनेट उप्रान्त हस्त । योग–सिद्धि, रातको १२ बजेर ०६ मिनेट उप्रान्त व्यतिपात । करण–बालव, दिउँसो ३ बजेर ३७ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर २७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–सिंह,बिहान ०६ बजेर ३ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २८ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- जीवनशैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहने छ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिने छ । मायाप्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामामावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेकोछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्नलेख्न जोस जागर बढ्ने छ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पती तथा उपहार प्राप्तीको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिने छ । बंश बृद्धिको गतिलो योग रहेको छ, भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउने छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहने छ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढि नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाँफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । तरपनि मायाप्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिने छ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेको छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिने छ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेको छ । बिद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिने छ । लामो समयदेखी बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरी बिताउन सकिने छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । काम गर्दा साबधानी अपनाउनुहोला खराब व्यक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरु भन्दा पछी परिनेछ भने मायाप्रेममा एक अर्काबिच बैमनस्यता बढ्ने छ । तरपनि रमाईलो यात्रा हुने योग रहेको छ । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिने छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारीसाधन तथा अन्य भौतिक सम्पतीहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिने छ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउने छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारीसाधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउने छ । तरपनि राज्यको नजिक बसेर काम गर्नेहरुका लागी समय राम्रो रहेको छ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहने छ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने छ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती हुने योग रहेको छ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहने छ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखी टाडिन सक्छन् ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ। परिवारजनको साथले नयाँ आशा पलाउने छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवनसाथिको साथ रमाईलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार