तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ २६, २०७९ बिहिबार ११:३०:५९
वि.सं.२०७९ साल जेठ २६ गते । बिहीबार । ईश्वी सन् २०२२ जुन ०९ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि–दशमी, रातको २ बजेर ४५ मिनेट उप्रान्त एकादशी । नक्षत्र–हस्त, रातको १२ बजेर ३२ मिनेट उप्रान्त चित्रा । योग–व्यातिपात, बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त वरियान । करण– तैतिल, दिउसो ३ बजेर १० मिनेट उप्रान्त गर, रातको २ बजेर ४५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २९ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- सवारी चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनैपनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । पढाईलेखाईमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । मौसमी रोगको प्रकोपले समस्या निम्त्याउने छ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिने छ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिने छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने छ ।
मिथुन‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- मायाप्रेममा सामान्य खटपटको योग रहेको छ, भने जीवनसाथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरु भन्दा पछी परिने चिन्ताले सताउने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- पारिवारिक असमझ्दारीले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग बिवाद बढ्ने योग रहेको छ । कुनै पनी काम गर्नको लागी गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अबिश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुने छ। पढाईमा प्रगति हुने छ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्ने काममा मन जाने हुनाले सफलता हात लाग्ने छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- पुराना कामबाट लाभ लिने समय रहेको छ, भने नया काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सहि सदुपयोग गरी रचानात्मक गर्दै समाजमा नाम कमाउन सकिने छ । साभिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिने छ । प्रेम गर्ने जोडिहरुका लागी समयले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउने छ । बिद्यार्थीहरुले पढाईमा राम्रो प्रगती गरी आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । मायाप्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाईलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्ने छ । तरपनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउने छ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाँफा कमाउन सकिने छ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशीयाली छाउने छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउने छ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग बिवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले बिशेष ध्यान दिनुहोला ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिने छ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दीर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवनसाथिसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिने छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउने छ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिने छ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धीमुलक कामहरु गर्न सकिने छ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार