मिस धरान २०२२ को अनलाइन आवेदन खुल्यो
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बिहिबार ०:०:१८
२५ जेठ, काठमाडौं । फेशन नगरीको रुपमा चिनिने धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ आयोजना हुने भएको छ।
कम्तीमा एसईई उतिर्ण तथा १२ कक्षा पढ्दै गरेका धरानका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम यो बर्षदेखि धरानमा आयोजना हुदै आएको छ।
आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाका अनुसार मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ र अनलाइनसंगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ भने आवेदन निस्शुल्क गरिएको छ।
मिस धरानको अफिसियल फेसबुक पेज www.facebook.com/missdharanofficial मा रहेको अनलाइन फर्म shorturl.at/uxBLW अथवा मोबाइलको म्यासेज बक्समा गई स्पेस MD सहभागीको नाम, उचाई, उमेर ,ठेगाना र शिक्षा टाइप गरि ३३००१ मा पठाउनु पर्नेछ ।
अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा असार दोस्रो साता मिस धरान २०२२को अडिसन सुरु हुनेछ । मिस धरान २०२२ को कोरियोग्राफी मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले गर्नेछिन्।
अडिसनबाट छानिएका प्रतियोगीहरुलाई बीस दिन व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।
मिस धरान २०२२ बिजेता , फर्स्ट रनर अप , सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब (टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार