बाँकेमा मलामी गएका दुई जनाको डुबेर मृत्यु
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १३:४२:५५
२७ जेठ बाँके । बाँकेको राप्ती नदीमा मलामी गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१ का सुरज रेग्मीको मलामी गएका हुम्ला घर भई धम्बोझीमा कोठामा भाडामा बस्ने १८ वर्षका त्रिबल शाही र लेकराज छन्त्यालको राप्ती नदीमा डुबेर मृत्यु भएको हो । शाही र छन्त्याल रेग्मीको घरमा भाडामा बस्थे ।
बुधबार बिहान कोठामै रेग्मीको मृत्यु भएपछि दिउँसो राप्ती नदीस्थित सिधनियाघाटमा दाहसंस्कार गरिएको थियो । मलामी गएका शाही र छन्त्याल पौडी खेल्ने क्रममा डुबेका हुन् । मलामी गएका दुई जना घर नफर्किएपछि बुधबार साँझ नै उनीहरूको खोजतलास गरिएको थियो । त्यसक्रममा नदी छेउमा दुई जोडा कपडा र मोबाइल फेला परेको थियो ।
उनीहरू नदीमा डुबेको आशंका गरेर खोजतलास गर्दा बिहीबार बिहान शव फेला परेको हो । नेपालगन्जमा कोठा भाडामा लिएर बस्ने दुवै जना धम्बोझी माविमा कक्षा १२ को परीक्षा दिएर बसेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार