तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ २७, २०७९ शुक्रबार १३:५९:२१
आज २७ जेठ २०७९ शुक्रबार, जुन महिनाको १० तारिक २०२२ । ज्येष्ठशुक्ल पक्ष एकादशी, निर्जला एकादशी व्रत तुलसी विजारोपण गर्ने दिन हो । सनातन धर्मप्रेमीहरुको घरमा तुलसी अनिवार्य मानिन्छ । गर करण, चित्रा नक्षत्र, वरियान योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आजका देवता कुवेर र ग्रहदेव वृहस्पति हुन् । भनिन्छ, एकादशीको दिन भोजन निषेध छ । जसले व्रत बस्ने हो उनका लागि भोजन निषेधको नियम लाग्ने गर्दछ । आज बिहान सूर्योदय ५ः०८ मा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आज ११ः३६ देखि १२ः३१ सम्म अभिजित मूहर्त रहेको छ । शुक्रबारको दिन विदेशयात्राका लागि उत्तम मानिन्छ ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । विहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । प्रदोष पनि भएकाले तपाईको सोचअनुसार काम हुनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । सकारात्मक हुन जरुरी छ । आजको दिन नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनुहोला ।
मिथुन‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच राखेर मात्र काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । तपाईंमाथि लाग्ने आरोपको विषयमा धेरै विवाद नगर्नु नैं वेश हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- कर्कट राशिका जातकका लागि आजको दिन आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला । घरपरिवारमा समेत सामान्य कुरामा पनि विवाद हुनसक्छ । आफ्नो नियमित कामबाहेक अन्य काममा त्यति धेरै चासो नदिदा राम्रो हुनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । बिहानको सूर्योदयको दर्शन गरेर मात्र दिनको कामको शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । परिवारका सदस्यले अनावश्यक आरोपसमेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- काम र व्यवहारका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ । कुमारी मन्दिरको दर्शन वा कुमारी कज्यालाई भोजन र बस्त्र दान दिनुभयो भने उत्तम हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- आजको दिन सुुरु गरेको काम सफल हुनेछ । तपार्इंको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । सकारात्मक सोच र अध्ययन अनुसन्धानको काममा लाग्नु वेश हुनेछ । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । बालक, बृद्धलाई भोजन र वस्त्र दान दिनुभयो भने उत्तम हुनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- धनु राशि भएका जातकका लागि पनि ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । लामो यात्राको लागि निस्कनु अघि घरमा पूर्व पर्खेर, माता र कन्याको हातमा दक्षिण दिएर मात्र यात्राको शुरुवात गर्नुहोला ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- विगतका कामबाट मान सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यवसाय भएको ठाउमा रहेको लक्ष्मीमाताको मन्दिरको सरसफाई गर्नहोला । व्यापारबाट सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । विदेश यात्रा जानेहरुको लागि खुसीको खबर मिल्नेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । विदेश यात्रा गर्ने सोच राख्नुभएको छ भने आजको दिन त्यस काममा लाग्नुहोला । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- आजको दिन मनमा प्रसन्नता छाउने छ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । प्रदोष समेत भएकाले साँझ शिवालयमा गएर आरती गर्ने र आरतीको दर्शनमात्रले तपाईको मनमा सकारात्मक उर्जा थपिने छ ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान
जेठ २०, २०८१ आइतबार
जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने
जेठ २०, २०८१ आइतबार
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
जेठ २०, २०८१ आइतबार
काठमाडौं महानगरले 'वुमन अफ द वर्ल्ड' फेस्टिभल आयोजना गर्छ : उपप्रमुख डंगोल
जेठ २०, २०८१ आइतबार
प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार