तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ ३०, २०७९ सोमबार ११:३०:१७
वि.सं.२०७९ साल जेठ ३० गते । सोमबार । ईश्वी सन् २०२२ जुन १३ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि–चतुर्दशी, बेलुकी ०८ बजेर ०३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–अनुराधा, बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त ज्येष्ठा । योग–सिद्ध, दिउँसो १ बजेर २० मिनेट उप्रान्त साध्य । करण–गर, बिहान ०९ बजेर ०८ मिनेट उप्रान्त वणिज, बेलुकी ०८ बजेर ०३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३३ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- पुराना समस्याहरु पुन: आईलाग्ने तथा शत्रुहरुले दुख दिनेछन् । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकश्मिक धन तथा सम्पती लाभ हुने भएपनि तपाईकै कारणले टरेर जानेछ । कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्वहरुले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईको आलोचना गर्नेहरु बढ्नेछन् ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउने छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइने छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकता पुरा गर्न सकिने छ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई् आफ्नै पक्षमा हुनेछन् । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाँफा कमाउन सकिने छ, भने व्यवसायमा लगानि बढाई आम्दानीका स्रोतहरु बढाउन सकिने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिने छ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशी हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउने छ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछी परिने छ, भने अरुकै लागि श्रम तथा शक्ती खर्च हुनेछ । रमाईलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथिभाई तथा आफन्तसँग बिवाद बढ्ने योग रहेको छ, ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा वैमनश्यता बढ्ने छ । व्यापार व्यवसायम समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाडिने योग रहेको छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिने छ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिने छ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिने छ । छोटो,रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउने छ । आफन्तबाट भनेजस्तो सहयोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिने छ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- कलात्मक तथा रचनात्मक काम सुरु गरी भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिने छ । राजनीति कर्मीहरुका लागी समय फलदायी रहेकोले पद प्राप्तीको गतिलो योग रहेको छ । व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रहयोग रहेको छ । बिद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागी समय उत्तम रहेको छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी:- व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । बिशिष्ट व्यक्तीहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउने छ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने छ । नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पती तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न हुनेछ ।
मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ‘:- नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहने छ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिने छ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवनसाथिको पनि सहयोग पाईने हुँदा मन प्रशन्न रहने छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार