तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
असार १, २०७९ बुधबार ११:१८:४६
वि.सं.२०७९ साल असार ०१ गते । बुधबार । ईश्वी सन् २०२२ जुन १५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषार कृष्णपक्ष । तिथि– प्रतिपदा, दिउँसो ०३ बजेर ३६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–मूल, बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त पूर्वाषाढा । योग–शुभ, बिहान ०५ बजेर ४२ मिनेट उप्रान्त शुक्ल । करण–कौलव, दिउँसो ०३ बजेर १६ मिनेट उप्रान्त तैतिल, रातको ०२ बजेर ०१ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३४ पला । असार सक्रान्ती ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- छोटो वा लामो दुरिको धार्मिक वा शैक्षिक यात्रा हुने योग रहेको छ । नसोचेको उपलब्धी हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिने छ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिने छ । मायाप्रेममा सामिप्यता बढ्ने योग रहेको छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- रुपैया पैसाको व्यवस्थापन गर्न नसस्दा कामहरु रोकिने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्ने छ भने समय अनुसार अपडेट नहुदा अरुभन्दा पछी परिने छ । पढाईलेखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउने छ । मायाप्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवनसाथिसँग ठाकठुक पर्नेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहने छन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- अध्ययनमा मन जानेछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जाने छ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिने छ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगती देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहने छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- पुराना कामहरु छोड्नाले आउने रकम आउने छैनन् । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम नै हुनेछ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने योग रहेकोछ भने टाडिएर यात्रा गर्नुपर्दा मन दुखि हुनेछ । घर जग्गाको खरिद बिक्रि गर्दा जा सवारी चलाउदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तरपनि कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाईलेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिने छ । छिमेकिहरु माझ राम्रो काम गरी प्रशिद्धि कमाउन सकिने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिने छ भने बालिको माध्ययमबाट राम्रा तथा परिणामूखी काम गर्न सकिने छ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाईलो वातावरणमा दिन कटाउन सकिने छ । मायाप्रेममा नजिक हुने समय रहेको छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिने छ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुशि हुनेछन् । पढाईलेखाईमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउन सकिने छ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी:- समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । तयारी बिना नै महत्वपूर्ण काम शुरु गर्दा बिग्रने छ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका आजको दिन टाडै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । तरपनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथि भाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । अध्ययनमा राम्रै प्रगती हुनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ‘:- आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिने छ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउमा तपाईंको कामको प्रशंसा हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार