सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार १६:५३:१५
१ असार, चितवन । सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को रु ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ ।
सहकारी बजार विकास कार्यक्रम, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा संचालित यो परियोजना फलफूल तथा तरकारी उत्पादनमा संलग्न कृषकसँग लक्षित छ । सहकारी बजार प्रणालीमार्फत आम्दानीमा वृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउन कार्यक्रम केन्द्रित रहेको छ ।
परियोजनाका निमित्त कार्यक्रम प्रबन्धक दीपक ढकालका अनुसार चितवन, धादिङ, काभ्रेपलांचोक, ललितपुर, मकवानपुर र नुवाकोटमा यो कार्यक्रम लागू भएको छ । छ जिल्लाका ७१ सहकारीमार्फत कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको ढकालले जानकारी दिए ।
यस कार्यक्रमअन्तर्गत सहकारी संस्थालाई ५२ तरकारी बोक्ने गाडी, ४५ चिस्यान केन्द्र र ५५ संकलन केन्द्रमा सहयोग पु¥याइएको छ । ती संस्थालाई क्षमता अभिवृद्धि, फलफूल तथा तरकारीको सहकारी बजार प्रणाली स्थापना र संस्थागत क्षमता विकासमा सहयोग गरिएको ढकालले बताए ।
परियोजनाको ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसबाट १४ हजार ४०० जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाले जानकारी दिएको छ । कार्यक्रमअन्तर्गत लजिष्टिक, कृषिजन्य प्रविधि तथा बजारीकरणका सामग्री सहकारीहरूलाई प्रदान गरिएको छ । क्षमता अभिवृद्धिका लागि सहकारी व्यवस्थापन, व्यवसाय योजना, लेखा व्यवस्थापन र मूल्य शृङ्खला विकाससम्बन्धी विषयमा तालिम दिइएको छ ।
बीसवटा सहकारी संस्था तथा सहकारी बजारका लागि व्यावसायिक योजना निर्माण गरिएको छ । यसै कार्यक्रमअन्तर्गत काठमाडौँको चावहिल, ललितपुरको महालक्ष्मीस्थानमा सेटेलाइट सहकारी बजार, नुवाकोट, काभ्रे र धादिङमा सहकारी बजार निर्माण गरिएको छ । चितवनको रत्ननगर र राप्ती नगरपालिकामा सहकारी बजार निर्माण गरिएको छ । चितवनकै भरतपुरमा क्षेत्रीयस्तरको सहकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ । यसका लागि रु पाँच करोड ७३ लाख खर्च गरिँदै छ ।
ढकालका अनुसार धादिङको बेनीघाटमा पालिकास्तरीय सहकारी बजारमा सहयोग गरिएको छ । नुवाकोट र मकवानपुरमा घुम्ती सहकारी बजार सुरु गरिएको छ भने कृषि उत्पादन विविधिकरणमा सहयोग गरिएको छ । कार्यक्रममा परेका ७१ कृषि सहकारीलाई एउटालाई रु ३२ लाख हाराहारीको सहयोग गरिएको ढकालले बताए ।
कार्यक्रमका जिल्ला संयोजक कृष्ण श्रेष्ठका अनुसार जिल्ला सहकारी संघ परिसरमा निर्माणाधीन क्षेत्रीयस्तरको सहकारी बजार यस क्षेत्रको नमूनाका रुपमा रहने बताए । यस कार्यक्रमअन्तर्गत यहाँका नगरपालिकाभित्रका सहकारीमार्फत कृषक लाभान्वित भएको उनको भनाइ छ । मार्कण्य केरा उत्पादक कृषि सहकारी रत्ननगरका अध्यक्ष हरिशचन्द्र अधिकारीले परियोजनाले बजारीकरणका लागि एउटा भ्यान, कुलिङ च्याम्बरलगायत सहयोग गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो
जेठ १७, २०८१ बिहिबार
धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी
जेठ १६, २०८१ बुधबार
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार