ठगीको नयाँ धन्दा : एउटै शेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी !
नेपालबहस संवाददाता
असार ४, २०७९ शनिबार २१:२०:४३
४ असार, काठमाडौं । एउटै शैक्षिक कन्सल्टेन्सीको शेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका शेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरील पक्राउ गरेको बताएको छ ।
पूर्वसञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेसनलका शेयरधनी नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिई साढे तीन करोड ठगी गरेका हुन् । आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले बताएको छ ।
व्यवसायी तामाङबाट साढे तीन करोड लिएर अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको शेयर शैक्षिक परामर्श संघ ‘इक्यान’का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको खुलेको प्रहरीले बताएको छ । शेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मन्जुरीनामा दिइसकेका अवस्थामा पटक–पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।
सो कम्पनीको शेयर किनेका पाण्डे भने कन्सल्टेन्सीको उक्त शेयर यसअघि बिक्री भइसकेको बारे आफूलाई जानकारी नभएको दाबी गर्छन् । हाल अधिकारी प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि उनी बिरामी परेको भन्दै वीर अस्पतालमा उपचार गराइरहेका छन् ।
उनलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रशासनबाट दुई दिन म्याद समेत थपिएको छ । यसअघि पटक–पटक विभिन्न मुद्दामा पक्राउ परेर पनि छुट्दै आएका अधिकारी यस पटक पनि आफूलाई ठगेर उम्किन्छन् कि भन्ने आशंका रहेको व्यवसायी तामाङ बताउँछन् ।
अधिकारीलाई सरकारी जग्गासमेत बैना गरी ५ करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्बिरसहित घटना विवरण सार्वजनिक गरेको थियो । उक्त दुई घटना सार्वजनिक भएसँगै हाल उनीबारे अन्य घटना समेत सार्वजनिक हुने क्रम बढेको छ । यसअघि उनी संलग्न रहेको अर्बिट एसोसिएटले समेत ललितपुर फाइनान्सको ३५ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार