लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १७:२१:२३
१२ असार, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले २९ असारमा साधारणसभा बोलाएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दै छ ।
सभा प्रयोजनका लागि लुम्बिनी जनरलले १५ असार बुधबार बुक क्लोज गर्ने भएको छ । जसअनुसार १४ असार मंगलबारसम्म कायम शेयरधनीले लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
यस्तै, कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव पनि पेस गर्दै छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ ।
सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीको अधिकृत पुँजी एक अर्ब २५ करोड रुपैयाँबाट बढाएर तीन अर्ब पुर्याउने एजेन्डा पनि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार