आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सब
नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार २०:३:५६
१३ असार, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट काठमाडौंको थापागाउँ स्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सब २०७९’ सुरु भएको छ ।
सो उत्सबको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा।जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सबको सँयुक्त उद्घाटन गरे ।
दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सब कोरोना महामारीका कारण बल्ल आफुहरुले आयोजना गर्न सकेको उत्सब संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताईन् । आईतबारबाट सुरु भएको यो उत्सब सप्ताहव्यापी रुपमा आयोजना हुने उत्सब संयोजक शर्माले कार्यक्रममा जानकारी गराईन् ।
उत्सबको उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा। गुरुङले यस्ता नाटक उत्सबले भाषा भाषिकाका नाटकहरुलाई पनि मुलधारमा ल्याउन मद्धत पु¥याउने बताए ।
उत्सबको पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरियो । यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए । सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए ।
यो नाटकका मुख्य पात्रले आफु सपनामा स्वर्ग गएको रमाईलो कथा सुनाउँछन् । उनको कुरा सुनेपछि गाउँलेहरु मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन । उनीहरुले आफ्नो पुजा बिधी सम्पन्न गरेर बाटो पनि खन्छन् । तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भातभुँग हुन्छ । इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो । नाटकलाई दर्शकले मन पराए ।
आईतबारबाट सुरु भएको यो उत्सब १८ असारसम्म जारी रहने छ । महोत्सबमा सोमबार थारु भाषाको कनन हरलता नाटक मञ्चन गरिने भएको छ । यस्तै मँगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, बिहिबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ ।
आरोहण गुरुकुल सह आयोजक रहेको यो नाटक महोत्सब गर्नुको उदेश्य नेपाल बहुजाती बहुभाषी मुलुक भएको र ती भाषाको गीत संगीत नाटक, नाचगानको प्रोत्साहन गर्नु आफुहरुको दायित्व रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठको कथन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
यार्सागुम्बा संकलन गर्न जाँदै जुम्लाका स्थानीयवासी
जेठ ३, २०८१ बिहिबार
रारामा पर्यटकले प्लास्टिकजन्य फोहोर ल्याउन नपाउने
जेठ ३, २०८१ बिहिबार
इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्यो
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार