भृकुटीमण्डपको जग्गा अनियमितता प्रकरण : अख्तियारको नजर कता ? टेण्डर खुल्यो उता !
नेपालबहस संवाददाता
असार १३, २०७९ मंगलबार ४:१:२९
१४ असार, काठमाडौं । अन्ततः लामो जग्गा भाडा अनियमितता सम्वन्धि विवादका बाबजुद समाजकल्याण परिषद्ले आफ्नो स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गा भाडामा लगाउने सम्झौता गरेको छ । सोमबार गोरखापत्रमा समाजकल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालयका नाममा उक्त सूचना विज्ञापन प्रकाशित भएको छ ।
प्रकाशित सूचना अनुसार अमात्य इन्टरनेशनल सप्लायर्सले मासिक १६ लाख १६ हजार १ सय ६१ रुपैया ८१ पैसाका दरले २५ रोपनी जग्गा ५ वर्षका लागि मनोरञ्जनात्मक कार्य सञ्चालनका लागि उक्त टेण्डर पारेको उल्लेख छ ।
वैशाख ४ गते आह्वान गरिएको जग्गा भाडा सम्वन्धि बोलपत्र जेठ १८ गते खुलेको भएता पनि यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मूल्याकंन गरेको जग्गा भाडादर भन्दा निकै सस्तो न्यूनतम मुल्य तोकिएपछि आयोगमा उजुरी परेको थियो । आयोगमा उजुरी परीसकेपछि सम्झौता गर्ने प्रक्रिया केही दिन अलमलमा परेको भएता पनि विभागिय मन्त्री उमा रेग्मीको निर्देशनमा सम्झौता गरिएको परिषद् स्रोतले बतायो ।
तीन वर्ष अघि हाल जग्गा भाडाका लागि बोलपत्र आह्वान गरिएकै जग्गासँग सटेको खेल मनोरञ्जनकै लागि परिषदले नै काठमाडौं फनपार्कलाई मिलोमतोमा भाडामा लगाइएको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तत्कालिन विभागिय मन्त्रीसहित परिषद्का थुप्रै पदाधिकारीलाई समेत मुछिएको भ्रष्टाचार काण्डमा उक्त जग्गाको न्यूनतम मुल्य ७८ हजार ५ सय १ रुपैया तोकिएको थियो । अख्तियारले दायर गरेको उक्त मुद्दा विचराधिन अवस्थामा रहीराखेका बेला आयोगलाई नै चुनौति हुने गरी निकै सस्तो न्यूनतम मुल्याकंनमा जग्गा भाडामा लगाइनुले मिलोमतोको गन्ध आउँछ ।
अख्तियारमा अख्तियारले नै मुल्याकंन गरेको भन्दा निकै कम मुल्यमा जग्गा भाडामा लगाउन खोजीएको भन्दै उजुरी परेको भएता पनि समयमै आयोगले अनुसन्धान प्रक्रिया अघि नबढाउँदा समाजकल्याण परिषद्ले टेण्डर प्रक्रिया अघि बढाएको हो । टेण्डर प्रक्रिया नरोक्न निकै चलखेल भएको र प्रभावशाली व्यक्ति र पत्रकार समेत प्रयोगमा आएको स्रोतको दावी छ ।
खासगरी यस टेण्डर प्रक्रियामा विभागिय मन्त्री एवम परिषद्का अध्यक्ष उमा रेग्मी, परिषद्कै उपाध्यक्ष मन्त्रीकै छोराबुहारी नाताकी मोनिका भट्टराई अधिकारी, भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराई लगायतका कर्मचारीको मिलोमतोमा अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले टेण्डर पारेका हुन् ।
परिषद् स्रोतका अनुसार हरिगोपाल प्रधान यसअघि भृकुटीमण्डप क्षेत्रमै खेल सञ्चालन गराउँदै आएका व्यक्ति हुन्, उनको परिषद्का प्रभावशाली कर्मचारीसँग उठबस भएकै कारण अख्तियारले तोकेको मुल्याकंन भन्दा पनि निकै कम न्यूनतम मुल्याकंनमा जग्गा भाडाको टेण्डर आह्वान गरिएको थियो । यदी तीन वर्ष अघि तोकिएको मुल्याकंन रकम ७८ हजार ५ सय १ भन्दा माथि न्यूनतम रकम तोकिएको भए अहिलेको टेण्डर प्रतिस्पर्धामा एक लाख बढी मुल्य बढाबढमा टेण्डर हालिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार