तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
असार १४, २०७९ मंगलबार ११:३७:११
वि.सं.२०७९ साल असार १४ गते । मंगलबार । ईश्वी सन् २०२२ जुन २८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । असार कृष्णपक्ष । तिथि–औशी, अहोरात्र । नक्षत्र–मृगशिरा, बेलुकी ६ बजेर ५४ मिनेट उप्रान्त आद्र्रा । योग–गंड, बिहान ०८ बजेर ३१ मिनेट उप्रान्त वृद्धि । करण–चतुष्पद, बेलुकी ६ बजेर ६ मिनेट उप्रान्त नाग । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–बृष,बिहान ५ बजेर ३९ मिनेट उप्रान्त मिथनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३३ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धी कमाउन सकिने छ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबन्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाईलेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिने छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- मिठो बोल्दा पनि बिपक्षीहरुले गलत अर्थ लगाई तपाईको साख गिराउन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नैहरुले रुपैपा पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला पछि आर्थिक कुरामा राय बाजिने तथा मनमुटाब सिर्जना हुन सक्छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिने छ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिने छ भने केहि रकम बचत गर्न सकिने छ । पढाईलेखाईमा अली बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिने छ । मायाप्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागी दिन प्रभावकारी रहने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- पछिसम्म फाईदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिने छ । आर्थिक अभावले रोकिएका कामहरु तिब्र गतिमा सञ्चालन हुनेछन् । स्रोतसाधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिने छ । बैक तथा बित्तिय पेशासँग सम्बन्धीत कामहरुबाट आम्दानी बढाउन सकिने छ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने जीवनसाथिसँग थप आत्मिय भाव बढ्ने छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- व्यवसाय फस्टाएरु जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालाई निखार्ने सकिने छ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् । चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिने छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइने छ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । मायाप्रेममा एक अर्कालाई केही समय शंका तथा अबिश्वास गरेपनि अन्तत बिश्वास गर्दै अगाडी बढ्न सकिने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने बिदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिने छ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिने छ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिने छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउदै लान सकिने छ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिने छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा:- समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइने छ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिने छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहने छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार