बुधबार शेयरबजार ४१ अंकले बृद्धि, एक अर्ब ४३ करोडको कारोबार
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार २१:५७:५४
१५ असार, काठमाडौं । बुधबार शेयरबजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।
बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै उपसमूह बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार करिब ९५ अंकको अस्वाभाविक वृद्धि भएको नेप्सेमा सोमबार र मंगलबार घटेको थियो ।
बुधबार नेप्सेमा वृद्धि हुँदा सबै उपसूचक बढेका छन् । विकास बैंक र वित्त कम्पनी उपसूचक ४ प्रतिशतमाथिले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि करिब ४ प्रतिशत र व्यापार उपसूचक साढे ६ प्रतिशतमाथिले बढेको छ ।
कारोबार पनि करिब डेढ अर्ब पुगेको छ । आइतबार र सोमबार लगातार दुई दिन दुई अर्बमाथिको कारोबार भएको थियो । मंगलबार कारोबार एक अर्ब रुपैयाँमा सीमित भएको थियो । आज बजारमा कुल एक अर्ब ४३ करोड १४ लाख रुपैयाँको कारोबार भयो । ङ्यादी ग्रुप पावरको सर्वाधिक पाँच करोड ४३ लाखको शेयर कारोबार भएको छ ।
आज दिनभर बजारमा १९३ कम्पनीको शेयर कारोबार भएकामा १८१ कम्पनीको शेयर मूल्यमा वृद्धि भयो । नौ कम्पनीको शेयर मूल्य घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आज कारोबार भएका मध्ये आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार