कस्तो छ तपाईको आजको राशीफल ?
ज्योतिषी: गणेश काफ्ले
असार १९, २०७९ आइतबार ११:२८:४७
वि.सं.२०७९ साल असार १९ गते । आइतबार । ईश्वी सन् २०२२ जुलाई ०३ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । असार शुक्लपक्ष । तिथि– चतुर्थी, मध्यान्ह १ बजेर ५७ मिनेट उप्रान्त पंचमी । नक्षत्र–मघा, अहोरात्र । योग–बज्र, बिहान १० बजेर ५६ मिनेट उप्रान्त सिद्धि । करण– भद्रा, मध्यान्ह १ बजेर ५७ मिनेट उप्रान्त बव, रातको २ बजेर २६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३० पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- पतिपत्नीबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहने छ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाईदा गराउनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- सवारीसाधनको व्यापार व्यवसायमा अली बढी मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउन सकिने छ । बिद्यामा सफलता प्राप्त गर्न अली बढिनै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समर्थन नपाईन सक्छ । तरपनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- छोटो दुरिको परिणाममूखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउन सकिने छ । मायाप्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरिको यात्रा तय हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुती दिन सकिने छ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तीको योग रहेको छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने छ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्ने छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- बिशिष्ट व्यक्तिहरुको बिचारले प्रभावित बनाउने छ । सामाजिक कामका बिशेष रुचि बढ्ने छ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिने छ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिने छ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानिका स्रोत बढाउन सकिने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रशस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धी मुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशीयाली छाउनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- नसोचेको उपलब्धी हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिने छ । मायाप्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिने छ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्ने छ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिने छन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहने छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पती संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाईला चाल्न सकिनेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा विलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिने छ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउने छ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्ने छ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
कांग्रेसको नाराबाजीपछि १५ मिनेटका संसद बैठक स्थगित
बैशाख २८, २०८१ शुक्रबार
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
भैँसेगाउँका गुरुङ समुदाय 'घरबास' र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवर्द्धनमा जुटे
बैशाख २८, २०८१ शुक्रबार
दलहरुबीच सहमति नभई सभामुखले सुरु गरे संसद बैठक
बैशाख २८, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्चको सेवामा विशेष छुट पाउने
बैशाख २८, २०८१ शुक्रबार
रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएपछि पाँच हजार जरिवाना
बैशाख २८, २०८१ शुक्रबार