मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको हुने
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार २३:१५:२९
२१ असार, काठमाडौं । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो ।
पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगीताको अहिले दोस्रो संकरण आयोजना हुन लागेको हो । १६देखी २१ बर्षसम्मका यूवा युवतीले भाल लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर पनि हो ।
एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजमा रु २० लाख रुपैंयासम्मको छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् ।
त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्यायनका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् । प्रतियोगीताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी,अभिनेता सलोन बस्नेत, सलिन मान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका रहेका छन् । निर्णायकले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगीताका विजेता छनौट बताइएको छ । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ ।
‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ युवा युवतीको विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा आफुले गरेको आयोजक फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाईरेक्टर साहील खानले बताए ।
प्रतियोगीताका यस अगाडिका विजेताले भने ब्राजिलको साउ पाउलोमा आयोजना भएको ‘मिस टिन वल्र्ड तथा मिस्टर टिन वल्र्ड’ मा सहभागिता जनाएका थिए । जसमा ‘मिस्टर टिन वल्र्ड नेपाल’ विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए, भने ‘मिस टिन वल्र्ड’ नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाईटल नेपाल भित्र्याएकी थिइन् ।
कार्यक्रममा प्रतियोगीताको निर्णायक समेत रहेकी पुर्व मिस नेपाल सौदर्य प्रतियोगीताले ब्यक्तित्व बिकाश मात्र गर्ने नभएर अवसरको समेत श्रृजना गर्ने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार