बालचित्र पुस्तक ‘रातो घेरो’ कथालय इन्कबाट प्रकाशित
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार २३:४६:१०
२४ असार, काठमाडौं । बाल यौन दुर्व्यवहारबाट कसरी जोगिन सकिन्छ भन्ने विषयको बालचित्र पुस्तक ‘रातो घेरो’ कथालय इन्कले नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको छ ।
ख्याति प्राप्त लेबनानी लेखक समर महफुज मराजले लेखेको यो पुस्तकले सन् २०१५ को अरबी बाल पुस्तक पुरस्कार प्राप्त गरेको थियो । अरबी बाल पुस्तक पुरस्कार प्राप्त ‘रातो घेरो’पुस्तकको नेपाली भाषामा अनुवादन कथालायाकी प्रमुख कार्यकारी अधिकृतसुनिती अमात्यले गरेका हुन्।यस पुस्तकमा मोना यजान र मायरा एल माएरका चित्र समावेश छन् ।
वासिम काकाले पार्किङमा रातो रङ लगाउने कुरा सुनेको अभिषको जिज्ञासाबाट सुरु भएको कथामा विशेषगरी बाल यौन दुर्व्यवहारबाट कसरी जोगिने भन्ने विषयलाई जोड दिइएको छ । रातो घेराले निषेधको संकेत गरेको अर्थमा आफ्नो शरीरलाई पनि रातो घेराभित्र रहेको बुझ्नुपर्ने आमाले अभिषलाई सम्झाउँछिन् ।
शरीरमा अरुले छुनै नहुने गोप्य अंगहरु पनि छन् भनेर बुझाएपछि अभिषमा थप जिज्ञासा बढ्छ । कसैले दुर्व्यवहारको कोसिस गरे कसरी जोगिने ? कस्तो प्रतिक्रिया दिने ? कसलाई सुनाउने रु यस्तै प्रश्नहरूको जिज्ञासा मेटाउने पुस्तकले अभिभावकलाई पनि सचेत गराउँछ ।
लेखक समर महफुज लेबनानी लेखक, कवि, नाटकका, गीतकारका साथै बालबालिकाका पुस्तक अनुवादकसमेत हुन् । उनी शैक्षिक प्रकाशनका निम्ति पनि काम गर्छिन् । उनको पहिलो पुस्तक ‘आई डिड नट मिन इट’ सन् २००७ मा प्रकाशन भएको थियो । हालसम्म उनका ६० भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन् ।
उनी बालबालिकाका साथै वयस्कका लागि पनि लेखन र प्रशिक्षण कार्याशाला सञ्चालन गर्छिन् । उनी सन् २००७ देखि लेबनानी बोर्ड अन बुक्स फर योङ पिपुल ‘आईबीबीवाई’ को बोर्ड सदस्य छिन् । उनका माई फ्रेन्ड, बियर्स डन्ट रिड, द अम्याजिङ कार्ड, स्लिपिङ इज सो गुड, ह्वेन माई फ्रेन्ड गट सिक, बाई द क्यान्डल लाइट जस्ता पुस्तकले विभिन्न अवार्ड र पुरस्कार पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार