अनुपमको भाषण कला तालिम समापन
नेपालबहस संवाददाता
असार २६, २०७९ सोमबार ४:५७:११
२६ असार, पोखरा । अनुपम म्युजिक, पोखराले उद्घोषण तथा भाषण कलासम्बन्धी एक महिने तालिम शनिबार समापन गरेको छ । संस्थाका संरक्षक तथा तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यव्रmमका प्रमुख अतिथि पोखरा महानगरपालिका, वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बोल्ने कला मानिसको अभिन्न अङ्ग जस्तै भएको बताए ।
पराजुलीले अनुपमले सञ्चालन गरेको अभियानमा आफू सँगै रहेको भन्दै आफू निर्वाचित भएर आएपछि वडा नम्बर ४ का महिलाहरूका लागि आयोजना गरिएको उद्घोषण तथा भाषण कला तालिम अत्यन्त प्रभावकारी भएको पनि स्मरण गरे ।
कार्यव्रmममा प्रसिद्ध गायक रामभक्त जोजिजूले आफूले पनि अनुपम म्युजिकमै उद्घोषण तथा भाषण कला सिकेको स्मरण गरे । सुगम सङ्गीत बसेर सुन्ने खालका हुने भएकाले कार्यक्रमहरूमा त्यस्ता साङ्गीतिक प्रस्तुति कार्यक्रम को सुरुमै राख्नुपर्ने धारणा राख्दै उनले ‘उडेर जून छुन्छु भन्थेँ ’ बोलको गीत गाएका थिए ।
साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावीले आजको समयमा सम्पूर्ण जनप्रतिनिधिलाई समेत भाषण कलासम्बन्धी तालिम आवश्यक रहेको धारणा राखे । भाषण कला र भाषिक कलालाई जोडेर कुनै पनि प्रकारका नेतृत्व वर्गलाई ज्ञान र सिप दिनु आजको आवश्यकता भएकोमा जोड दिँदै उनले पिठो बिकाउने मात्रै नभई चामलै बिकाउन पनि सही ढङ्गले बोल्नु आवश्यक भएको भनाइ राखे ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपममार्फत् २०६२ देखि हालसम्म राजनीतिक, सामाजिक, औद्योगिक, व्यवसायिक, साङ्गीतिक, साहित्यिक क्षेत्रका सयौँ जनालाई १९३ ओटा तालिम सञ्चालन गरिसकेको जानकारी दिए ।
सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञान र सिपमा आधारित भएर तालिम दिइने भएकाले पनि अनुपममा सिकारुहरूको आकर्षण बढेको धारणा राख्दै उनले अनुपममा एक पटक भर्ना भएपछि त्यसपछिका कुनै पनि प्याकेजमा निःशुल्क तालिम दिइने भनाइ राखे ।
प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको कार्यव्रmममा प्रशिक्षार्थीहरू आयुष्मा अधिकारी, आशा थापा मगर, शिवराज अधिकारी, सृष्टि थापा, राजु कार्की, जगनारायण छन्त्याल, हरिप्रसाद सिग्देललगायतले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय विपना थापा र ग्रेसी ढुङ्गानाले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार