कस्तो छ तपाईको आजको राशीफल ?
ज्योतिषी: गणेश काफ्ले
असार २९, २०७९ बुधबार १०:४०:३४
वि.सं.२०७९ साल असार २९ गते । बुधबार । ईश्वी सन् २०२२ जुलाई १३ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । असार शुक्लपक्ष । तिथि– पूर्णिमा, रातको १२ बजेर २३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाषाढा, रातको १२ बजेर १७ मिनेट उप्रान्त उत्तराषाढा । योग–ऐन्द्र, दिउँसो ०१ बजेर ४४ मिनेट उप्रान्त वैधृति । करण–भद्रा, दिउसो ०१ बजेर ३८ मिनेट उप्रान्त बव, रातको १२ बजेर २३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १८ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- छोटो दुरिको धार्मिक यात्रा हुने योग रहेको छ । कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिने छ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । दाजुभाई तथा जीवनसाथिसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउने छ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्ने छ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ। स्वादिष्ट भोजनको आनन्द मिल्ने छ। परिवारजनसँग आत्मीयता बढ्ने छ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरिको व्यावसायिक यात्रा हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- हुलमुल तथा विवादित बिषयमा प्रबेश नगर्नु नै राम्रो रहेकोछ ,आज हुने कुनै पनि न्यायिक निर्णय तपाईको पक्षमा हुने छैनन् । रोग,ऋण तथा संकटको सामना गर्नु पर्दा मानसिक तनाब बढ्ने छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरु थाति नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिने छ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशी हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउने छ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’ स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- दाजुभाई तथा बन्धु बान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा बिवाद बढ्ने छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा बिभिन्न अवसरहरु गुम्नेछन् । पढाई लेखाईमा अरुभन्दा कमजोर भईने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रबिधिको प्रयोग गरी कुराहरु गर्नु राम्रो हुनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- सबैको सहयोग पाईने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिने छ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । गितसंगित तथा मोडलिङ पेशा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिने छ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुशि हुनेछन् । पढाईलेखाईमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने छ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिने छ । पढाईलेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिने छ । मायाप्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होईने छ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउने छ । पढाईलेखाईमा भने बिद्यार्थी बर्गहरुले अली बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार