दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्डको आबेदन खुल्यो
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २२:२४:३५
२८ असार, काठमाडौं । क्रियटिभ ईन्साइट मिडिया प्रालि र रोज शिप बिकाश तालिम केन्द्रको संयुक्त प्रस्तुतिमा बिगत १ बर्ष देखि हुदैं आएको नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि ‘दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९’ यस बर्ष पनि हुने भएको छ।
सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड गर्न लागिएको रोज शिप बिकाश तालिम केन्द्रको अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराए ।
सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यवसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ ब्यबस्थित गर्ने र पार्लर ब्यबसायहरुलाई छुट्टै उचाइमा पुर्याउन र ब्युटिसियन अवार्डको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाइ पार्लर तथा कस्टमेटिक ब्यबसायलाइ उधोगको रुपमा स्थापना गर्ने हेतुले यस अवार्ड आयोजना गर्न सुरु गरिएको हो।
अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
“दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक सौन्दर्यकर्मी, पार्लर, कस्टमेटिक ब्यबसायी, फेसन मोडल तथा फेसन तथा बुटिक ब्यबसायीहरुले काठमाडौंको रविभवनमा रहेको रोज शिप बिकाश तालिम केन्द्रको कार्यालयमा फारम भर्न सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ ?
जेठ २०, २०८१ आइतबार
पुतलीबजारलाई सबैभन्दा धेरै बजेट, भीरकोटलाई सबैभन्दा कम विनियोजन
जेठ २०, २०८१ आइतबार
भारतमा बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौंमा पक्राउ
जेठ २०, २०८१ आइतबार
मानवरहित चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण
जेठ २०, २०८१ आइतबार
बलिउड फिल्म बोर्डरको सिक्वेल बन्दै, सनी देओलसँगै आयुष्मान पनि मुख्य भूमिकामा
जेठ २०, २०८१ आइतबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ २०, २०८१ आइतबार