दाइजो प्रथाविरुद्धको चित्रण ‘युगारम्भ’ सार्वजनिक
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार २२:३:२९
२९ असार, काठमाडौं । दाइजो नपाउँदा होस् वा कम भएका कारण, मधेसमा विवाहित छोरीहरू जिउँदै जल्नुपर्ने अवस्था अझै पूर्ण हट्न सकेको छैन । त्यतिमात्रै होइन मानसिक र शारीरिक पीडा खप्दै वर्षौंसम्म डिप्रेसनका बिरामी भएका छोरीहरू पनि छन् । विजय खरेलको हालै प्रकाशित उपन्यास ‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिवर्तनको चित्रण हो ।
विवाह गर्न बाँकी किशोर गुप्ताका दुई छोरीले दाइजो प्रथाविरुद्ध गरेको संघर्ष र त्यसमा अभिभावकले दिएको साथ उदाहरणीय छ । त्यसमा उनीहरूको शैक्षिक चेतना पनि थप कारक देखिन्छ । सक्षम भइसकेपछि मात्रै विवाहका लागि तयार हुनुपर्छ तर अभिभावकको दबाबमा होइन कि आफ्नो रोजाइ नै सबैभन्दा ठूलो खुसी हो भन्ने सन्देश उपन्यासले दिएको छ ।
मैथिली स्वादमा प्रस्तुत उपन्यासको कथा सरल रेखामा बढिरहँदा पाठकमा अब के होला भन्ने हुटहुटी भइरहन्छ । बिहे गर्न ढिलो भइसक्यो भन्ने आमाको चिन्ताका बीच छोरीहरूले कसरी फरक भूगोल र समुदायका दुलाहा रोज्छन् र त्यसलाई अन्नतः समाजले कसरी साथ दिन्छ । उपन्यासले नयाँ बहस सिर्जना गराउँछ ।
‘यो पुस्तक लेख्ने जमर्को गर्दा हाम्रो मुलुकको तराई भाग आन्दोलित थियो । मलाई लाग्यो, राजनीतिक समस्या त विभिन्न रूपले सत्ताको द्वन्द्वबाट उब्जिने व्याधी हो । राजनीतिक समस्याको राजनीतिक रूपले नै सधैँ दिगो समाधान निस्कन सक्दैन । एउटै भूगोल र एउटै राष्ट्रियता भएपछि यसको समाधान त बरु सांस्कृतिक रूपले नै दिगो हुन सक्ला । यसैले नै राष्ट्र बलियो पनि बन्छ । यसै कुरामा पत्यार लागेर किताब लेख्न वैचारिक दिशानिर्देश भयो,’ लेखक विजय खरेलले भने ।
२००३ सालमा जन्मिएका खरेल कविता, काव्य, कथा, निबन्ध, एकाङ्कीजस्ता विभिन्न विधामा कलम चलाउछँन् । उनले २०६४ सालदेखि लेखन कार्य सुरु गरेको हुन् । हालसम्म उनका १० भन्दा बढी कृति प्रकाशित छन् । वी रिडले प्रकाशन गरेको २१६ पृष्ठको उपन्यासको मूल्य ४७५ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर
जेठ १८, २०८१ शुक्रबार
वित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार
जेठ १८, २०८१ शुक्रबार
लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार