कस्तो छ तपाईको आजको राशीफल ?
ज्योतिषी: गणेश काफ्ले
असार ३१, २०७९ शुक्रबार १०:५४:४४
वि.सं.२०७९ साल असार ३१ गते । शुक्रबार । ईश्वी सन् २०२२ जुलाई १५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावन कृष्णपक्ष । तिथि– द्वितीया, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त तृतीया । नक्षत्र–श्रवण, बेलुकी ०९ बजेर ०९ मिनेट उप्रान्त धनिष्ठा । योग–विष्कुम्भ, बिहान ०७ बजेर ४२ मिनेट उप्रान्त प्रिती । करण–तैतिल, बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त गर, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान ३४ घडी १२ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइने छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न उपहार प्राप्त हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिने छ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । कृषि क्षेत्रमा लगानी गर्नेहरुका लागी समयले साथ दिनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पतिपत्नीबीच विवाद बढ्नेछ भने चेलीमाईतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुने छ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- लामो दुरिको रमाईलो व्यवसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । मायाप्रेम तथा जीवनसाथिसँग आत्मियताको कमी हुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारी व्यवसायमा अबिश्वास सिर्जना हुनेछ भने आजको दिन व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईंकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहने छ । बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ भने जीवनसाथिले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिने छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजभुत पार्न सकिने छ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिने छ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहने छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिने छ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिने छ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- पुराना कामबाट लाभ लिने समय रहेको छ, भने नया काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सहि सदुपयोग गरी रचानात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साभिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिने छ । प्रेम गर्ने जोडिहरुका लागी समयले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउने छ । बिद्यार्थीहरुले पढाइमा राम्रो प्रगती गरी आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- सामान्य काममा अल्झने समय रहेको छ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाईलेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेकोछ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- भौतिक सम्पतिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिने छ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिने छ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिने छ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
अमेरिका र क्यानाडा पठाइदिन्छु भन्दै साढे ५ करोड ठगी गर्ने गिरोह पक्राउ
बैशाख २८, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ
बैशाख २८, २०८१ शुक्रबार
प्रतिनिधि सभाको बैठक स्थगित, अब जेठ १ गते बस्ने
बैशाख २८, २०८१ शुक्रबार
प्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
कोशीमा अन्तरिम आदेश भएन, रिट पूर्ण इजलासमा जाने
बैशाख २८, २०८१ शुक्रबार
सरकारी संयन्त्रलाई वासिङ मेसिन जस्तो बनाएर प्रधानमन्त्रीले रविलाई कति दिन बोक्ने ?: कांग्रेस
बैशाख २८, २०८१ शुक्रबार