प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार १९:९:२०
३० असार, बलेवा । चालु आर्थिक वर्षको अन्तिम महिनाबाट बागलुङका अधिकांश स्थानीय तहले प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास थालेका छन् । यहाँका स्थानीय तहले असार महिनादेखि स्थानीय तहबाट सम्पादन हुने कामको भुक्तानीका लागि ‘ई–पेमेन्ट सेवा’ संचालनमा ल्याएका हुन् ।
स्थानीय तहको लेखा प्रणालीलाई पारदर्शी र जफावदेही बनाउन ई–पेमेन्ट सेवा संचालनमा ल्याइएको हो । जिल्लाको ताराखोला, बरेङ, बडिगाड, काठेखोला गाउँपालिका, गलकोट, जैमिनी र बागलुङ नगरपालिकाले ‘पाइलट प्रोजेक्ट’को रुपमा ‘ई–पेमेन्ट सेवा’ सुरुआत गरेका हुन् । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । असार मसान्तको समयमा कार्यपालिकाको कार्यालयमा देखिने भीड ‘ई–पेमेन्ट सेवा’ले ह्वात्तै घटाएको छ ।
“असारमा पहिलो पटक हामीले ‘ई–पेमेन्ट सेवा’को सुरुआत गरेका छौँ, आगामी आर्थिक वर्षमा यो सेवा पूर्ण रुपमा संचालनमा आउने छ”, बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले भने, “समयको बचत, पारदर्शीता र सहजताका लागि ‘ई–पेमेन्ट सेवा’ उपयोगी छ ।” योजना अनुसारका कागजात तयार गर्ने तर काम नगरी भुक्तानी लिने परिपाटीको अन्त्यका लागि पनि यो प्रविधि उपयोगी बन्ने उनले सुनाए ।
‘ई–पेमेन्ट सेवा’मार्फत सिधैँ सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने जैमिनीका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए । “कर्मचारी र उपभोक्ता दुबैलाई सहज हुने विधि हो यो, प्यान भएकाको यसै वर्षदेखि ‘ई–पेमेन्ट सेवा’मार्फत भुक्तानी भएको छ”, कोइरालाले भने,“अब चेक काट्ने विधिको अन्त्य हुन्छ, क्यास लेस, पेपर लेस बन्ने अभियानमा छौँ ।”
काम सकेर भुक्तानी लिनको लागि कार्यालय पुगेपछि कार्यालय प्रमुख र लेखा शाखाको प्रमुख अनिवार्य कार्यालयमा हुनुपर्ने समस्याको पनि यो विधिले समाधान गर्नेछ । भुक्तानीको विवरण तयार भएपछि एक पटकका लागि प्रयोग हुने संकेत नम्बर प्रमुख प्रशासकीय अधिकृतको मोबाइल नम्बरमा जाने र सोही नम्बर प्रविष्ट गरेपछि लेखा अधिकृतले सिधैँ बैंक खातामा भुक्तानी दिन सक्ने व्यवस्था छ ।
सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाइ सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । आर्थिक कारोबारको ‘डे क्लोजिङ’ हुने भएकाले हिसाब गर्न आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने बताउँछन् । कार्यालयमा चेक लिन दिनुपर्ने समय, बैंकमा लाइन बस्नुपर्ने बाध्यता र एउटै चेक नगदमा परिणत गर्ने बेलासम्मका झण्झट उपभोक्तालाई कमी भएको उपभोक्ता बताउँछन् ।
स्थानीय तहको बजेट तर्जुमा लेखांकन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय संचित कोष व्यवस्थापन प्रणालीमार्फत यो सेवा संचालन गरिएको छ । स्थानीय तहले भुक्तानी लिन आउने जो–कोहीलाई आफ्नो बैंक खाताको चेकको फोटोकपी कागजातका साथ संलग्न गर्न अनुरोध गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सुन तस्करी प्रकरणमा कान्छामान भनेर चिनिने थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?
जेठ १८, २०८१ शुक्रबार
मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर
जेठ १८, २०८१ शुक्रबार
खोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार