विदेशस्थित नियोगहरुले पठाएकोभन्दा परराष्ट्रले ४१ करोड बढी खर्च देखायो, अनियमितताको आशंका
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार २०:३८:२३
३० असार, काठमाडौं । परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उक्त अनियमिता औंल्याएको छ ।
महालेखाले गरेको आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षणमा ४० वटा नियोगलाई समेटेको छ जसमा ३० दूतावास, ७ महाबाणिज्यदूतावास र ३ स्थायी नियोग छन् । महालेखाको प्रतिवेदनअनुसार सो आर्थिक वर्ष परराष्ट्रले नियोगहरुलाई ४ अर्ब २५ करोड १ लाख रुपैयाँ निकासा गरेको थियो ।
निकासा गरेकोमध्ये ४ अर्ब २३ करोड ९६ लाख रुपैयाँ खर्च भएको विवरण परराष्ट्रले बुझाएको थियो । तर नियोगहरुले पेस गरेको वित्तीय विवरणमा ३ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।
‘नियोगमा रकम पठाएको आधारमा मन्त्रालयले खर्च प्रविष्टि गर्ने तर यथार्थमा सबै रकम नियोगमा खर्च भई नसक्ने कारण मन्त्रालयले नियोगहरुको वित्तीय विवरणमा उल्लेख भएभन्दा ४१ करोड ८ लाख बढी खर्च जनाएको छ,’ प्रतिवेदनमा महालेखाले भनेको छ ।
नियोगहरुले खर्च गर्न नसकेको रकमलाई पनि परराष्ट्र भने खर्च भएको भनि देखाएको छ । परराष्ट्रले ४० नियोगलाई आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिक निकासा दिँदा सोहीबमोजिम बाँकी रकम कट्टा गर्नुपर्नेमा ३९ करोड ८१ लाख मात्र कट्टी गरेको छ ।
‘विविमय दर फरक परेको कारण निकासा फिर्ता गर्नुपर्ने रकम र फ्रिज कट्टी गरेको रकमबीच २ करोड ३२ लाख रुपैयाँ फरक देखिएको छ,’ प्रतिवेदनमा महालेखाले औंल्याएको छ ।
यस्तै, आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरणमा ३९ नियोगले आफ्नो कूल राजस्व १ अर्ब ७५ करोड ९ लाख रुपैयाँ उल्लेख गरेका छन् । फ्रिज रकम ४८ करोड ६१ लाख कट्टा गर्दा खुद राजस्व एक अर्ब २६ करोड ४८ लाख हुन आउँछ ।
प्रतिवेदनमा महालेखाले स्पष्ट शब्दमा भनेको छ, ‘तर नियोगहरुबाट पेस भएको वित्तीय विवरणअनुसार एक अर्ब ४८ करोड ७२ लाख राजस्व संकलन भएको देखिएको छ । लेखाङ्कनको अवधि फरक र विनियम दर परिवर्तनका कारण केन्द्रीय वित्तीय विवरण र नियोगहरुको वित्तीय विवरणमा २२ करोड २४ लाख रुपैयाँ फरक देखिएको छ ।’
ओमान, बहराइन, इजिप्ट र अबुधाबीमा रहेका चार वटा नेपाली नियोगले घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट संकलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरणमा समावेश गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
पौडेललाई १० दिन हिरासतमा राख्ने अनुमति लिएर अदालतमा मुद्दा दायर गर्दै अख्तियार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी पाँच हजार जनालाई रोजगारी दिने घोषणा
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार