फारम खुल्यो दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार २३:१७:९
२ साउन, काठमाडौं । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आयोजना हुने भएको छ । सो अवार्डको लागि यही १ साउनबाट फारम खुला गरिएको छ । आइतबार काठमाडौंको बानेश्वर स्थित होटल रानी महलमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्थाले अवार्डबारे जानकारी गराएको हो ।
चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । यो अवाडको लागि गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावको गीत, चलचित्र गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण तथा म्युजिक भिडियो अन्तर्गत मोडल, सम्पादक, छायाँकार, नृत्य निर्देशक, निर्देशक जस्ता विधामा फारम खुला गरिएको आयोजक संस्था क्वालिटी इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष उमेश गुरुङले बताएका छन् ।
यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाँकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिने छ । २०७८ बैशाखदेखि २०७९ साउन अन्तिमसम्म रिलिज भएका गीतहरुले यो प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७८ देखि २०७९ साउन अन्तिमसम्म रिलिज भएका फिल्महरुले भागलिन पाउने छन् । जसमा निर्देशक, नायक, नायिका, नवनायक, नव नायिका, सहनायक, सहनायिका, खलचरित्र, चरित्र अभिनेता, अभिनेत्री, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा फारम खुला गरिएको छ ।
नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउँदै सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ गत वर्षबाट यो अवार्ड आयोजना गर्दै आएको क्वालिटी फिल्म्स्का अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले पत्रकार भेटघाटका क्रममा बताए ।
अवार्डको फारम यही साउन अन्तिमसम्म बुझाउनु पर्ने पनि अवार्ड आयोजक गुरुङले जानकारी गराए । यो अवार्डको अफिसियल पेजबाट तथा आयोजकबाट फारम लिन सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार