नेपालका प्रथम नृत्य निर्देशक थापालाई ‘दीर्घ साधना सम्मान’
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १८:३८:५
१२ साउन, काठमाडौं । नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ आँै वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो ।
सोही अवसरमा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे । कार्यक्रममा रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारिता सम्मान’, सहनाईवादक तथा पञ्चे बाजाका अग्रज आईत बहादुर परियार ‘लोक संस्कृती सम्मान’ बाट सम्मानित भएका थिए ।
गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान प्रदान गरेका थिए । विभिन्न जातीका लोक बाजा तथा नृत्यसहित सुरु भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले २०६५ मा स्थापना भएको प्रतिष्ठानले मेचीदेखी महाकालीसम्म विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिए ।
त्यस्तै पूर्व उपराष्ट्रपति झाले नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला सस्कृतिको उत्थान गर्दै आएको थाहा पाउँदा आफू निकै हर्षित भएको बताए । ‘मलाई मनपर्ने नेपाली लोक नृत्य हेर्दा निकै खुशी लाग्यो’ उनले भने ‘म भन्दा पनि जेठो वयोवृद्धा नृत्य निर्देशक भैरव बहादुर थापालाई गरेको सम्मान तथा आआफ्नो क्षेत्रमा दक्षता हासिल गरेका ब्यक्तिलाई गरेको सम्मान निकै सराहनिय छ ।’
प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठान मार्फत नेपाली लोक कला तथा सस्कृतीलाई विश्वमाझ चिनाउन पाउदा आफूलाई निकै खुशी लागेको बताए । उनले नेपाली मौलिक लोक सस्कृतिको क्षेत्रका बिभिन्न क्षेत्रमा योगदान गर्नेलाई आगामी दिनमा पनि विभिन्न कार्यक्रम गरेर सम्मान गर्ने बताए ।
समारोहमा प्रतिष्ठानका सल्लाहकार तथा संगीतकार सुरेश अधिकारी, कलाकार उत्तम शर्मालाई बधाई तथा सम्मानपत्र, प्रतिष्ठानका सस्थापक अध्यक्ष, गायक तथा संगीतकार शिवराज पौडेल, सस्थापक महासचिव तथा नृत्य निर्देशक दिनेश कुमार लामा, नृत्य निर्देशक शम्भु शाही, नृत्यागंना तथा कलाकार पूर्णिमा श्रेष्ठलाई संस्थागत सम्मान प्रदान गरियो ।
ईभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल, गायक शिशिर योगीले समेत सम्मान पत्र प्राप्त गरेको कार्यक्रममा वर्माकी नेपाली भाषी गायिका डीना चौलागाईं, नेपाल समाचारपत्रकी रश्मी थापा, वाद्यवादक न्हुच्छे राजा मुनिमर लगायत कदरपत्रबाट सम्माति भए भने विभिन्न संघ सस्था तथा व्यक्तिलाई ‘मायाको चिनो’ प्रदान गरेका थिए । गायक शिशिर योगी, कृष्ण रेउले, सुनिता परियारलगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डी लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार
नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै
जेठ १८, २०८१ शुक्रबार
अनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा हलिउड गायिका केट पेरीको परफरमेन्स
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं उपत्यकाभित्र त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको फन्टुस निर्णयविरुद्ध सर्वोच्चमा रिट, आइतबार प्रारम्भिक सुनुवाइ हुने
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार