डा. आयुष्नोभा ढुँगाना मिस युनिभर्स नेपालमा
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार २३:२७:४४
१२ साउन, काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को चयन सुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धीहरु चयन भएका छन् । उनीहरु सबै अनलाईन अडिसनबाट चयन भएका हुन् ।
जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् । यी ३९ जनामा बहुसँख्यक प्रतियोगीहरु मोडल छन् । केही नयाँ अनुहार पनि छन् । मोडलिङमा डक्टर आयुष्नोभा ढुँगाना पनि नयाँ अनुहार हुन् । तर उनीसँग आफ्नो क्षेत्रको विज्ञता छ । आयुष्नोभाले गत वर्ष बँगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी हुन् । बँगलादेशबाट पढाई सकेर नेपाल फर्किएकी डा। आयुष्नोभा अहिले नेपालमै विरामीहरुको सेवा गरिरहेकी छिन् ।
हाल काठमाडौंमा रहेर छालारोग सम्बन्धि सेवा दिईरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन् । छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफु छाला रोगको चिकित्सक बनेको पनि यी सुन्दरीले बताएकी छिन् ।
यसपटक उनी सबैका लागि स्वास्थ्य भन्ने नारा सहित मिस युनिभर्स नेपाल २०२२ मा सहभागी भएकी छिन्,‘एउटा डक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न चाहन्छु ।’ उनले भनिन् ।
नग्मा श्रेष्ठले मिस युनिभर्समा पहिलो पटक नेपालबाट प्रतिनिधित्व गरेकी थिईन् । गत वर्ष यो उपाधि सुजिता बस्नेतले जितेकी थिईन् । अग्रजहरुको कामलाई मूल्याँकन गरेर मिस युनिभर्स नेपाल हुँदै मिस युनिभर्समा गएर कसरी राम्रो गर्न सकिन्छ भनेर यतिबेला आफु मिस युनिभर्स नेपालको तयारीमा व्यस्त रहेको आयुष्नोभाले बताएकी छिन् ।
उनकी आमा रोशनी केसी फिल्म निर्माता तथा नायिका हुन् । बुबा अँगद ढुँगाना व्यबसायी हुन् । दुबैको प्रेरणाले आफु मिस युनिभर्स नेपालमा सहभागी भएको आयुष्नोभाले बताएकी छिन् ।
मिस युनिभर्स नेपालको अघिल्लो चरणमा उत्कृष्ट २० जना चयन हुनेछन् । ती २० जना नै फाईनलमा उत्रने छन् । त्यसपछि उत्कृष्ट १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । ती उत्कृष्ट २० लाई प्रत्यक्ष रुपमा प्रसान्त ताम्राकारले कोरियोग्राफी गर्नेछन् । आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाको कथन छ ।
डाक्टर आयुष्नोभाको कथनमा नेपालमा मिस युनिभर्स, मिस वल्र्ड नेपाललाई राज्यले सहयोग गरेको छैन । प्रतियोगी नारीले अन्तराष्ट्रिय प्लेटफर्ममा गएर नेपाललाई चिनाउनेहुँदा नेपाली प्रतियोगीहरुलाई राज्यले सघाउनु पर्ने, हौसला दिनु पर्ने सुझाब आयुष्नोभाको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार