गोल्डन ओक १२औं कृति अवार्डस् भाद्र २६ गते हुने
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार २०:४५:१२
१३ साउन, काठमाडौं । नेपाल बिज्ञापन संघ (आन)ले २०६० साल देखि शुरु गरेको नेपालको बिज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण यस बर्ष गोल्डेन ओक १२औं कृति अवार्डस् भाद्र २६ गते हुने भएकाे छ ।
यस बर्षको कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरी लि.को गोल्डेन ओक ब्राण्ड रहेको छ । राजधानीमा आयोजिक उक्त समारोहमा संघका तर्फबाट अध्यक्ष्य सोम प्रसाद धिताल र कम्पनिका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका छन् । आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण बिगत २ बर्ष हुन सकेको थिएन । कृति अबार्डस्बिज्ञापन क्षेत्र लगायत सम्र्पूण मिडिया र बिज्ञापनदाताहरुको सामुहिक उत्सवको रुपमा आयोजना गर्ने गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक ब्यबसायिक परिस्थिती झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आफ्नो समुहलाई सहभागि गराउन पाएकोमा खुशि व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने कुरा बताए ।
त्यसै गरी नेपाल बिज्ञापन संघका अध्यक्ष श्री सोम प्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टीलरी लि. र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यबाद व्यक्त गर्दे भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज बिचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे।
गोल्डेन ओक १२औं कृति अवार्डस्मा २०७६ बैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका बिज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समाबेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले २०७९ श्रावण ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने कुरा पनि संघले जनाएको छ ।
सिर्जनशिलताको लागि प्रतिष्पर्धात्मक सम्मानका रुपमा आयोजना हुंदै आएको कृति अवार्डको १२औं संस्करण गोल्डेन ओक १२औं कृति अवार्डस्मा बिज्ञापन सिर्जनशिलता सम्बद्ध मेनस्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी बिभिन्न ३१ बिधामा पुरस्कृत गरिने छ ।
कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मुल्याड्ढनका लागि सुचना, संचार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा.बिजय के.सी., प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यिय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त बिभिन्न बिधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका बिज्ञ प्रतिष्ठित व्यक्तित्व तथा बिशेषज्ञहरु सहित करिब २५ जना संलग्न हुने छुट—छुट्टै निर्णायक समितिहरु रहनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसंघको चेतावनी
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने
जेठ १, २०८१ मंगलबार
आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने
जेठ १, २०८१ मंगलबार
देशभर रहेका गरिब घर परिवार पहिचान गरिने
जेठ १, २०८१ मंगलबार