‘एकसेएकरनवे-२०२२’ का मोडलहरुले दिए ग्ल्यामर पोज
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार १८:३५:९
१६ साउन, इटहरी । इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक ‘एकसेएकरनवे-२०२२’ को आयोजना भएको छ । सेन्ट्रल फेसन हब उर्लाबारी र शाहरा इन्टरटेन्मेन्ट धरानको संयुक्त आयोजनामा भएको यो फेसन शो अन्य फेसन शो भन्दा सतप्रतिसत फरक रहेको आयोजकले जनाएको छ ।
‘एकसेएकरनवे’ फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको र यसको मुख्य कार्यक्रममा विभिन्न प्रकारका विषयगत घटनाहरू समावेश हुनेछन् । जस्को लागि प्रतिष्पर्धीहरुलाई निश्चित समय दिइनेछ, सो अवधीमा दिइएको कार्य पूरा गर्नुपर्ने आयोजक मध्येका एक जीवन चिमोरियाले बताए ।
यस्तै प्रतिष्पर्धीहरुले गर्ने सो कार्यहरुमा ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा एउटै विषयमा फोटोसुट मार्फत मोडलहरूलाई प्रतिस्पर्धा गराइने उनको भनाइ छ ।
यो कार्यहरुको सुरुवात ुरिफ्रेसमेन्ट थिमु अन्तर्गत स्विमिङ पुल र सो को आसपासमा र ‘ग्ल्यामर थिम’ अन्तर्गत इन्डोर शुट गरि २ चरणमा निस्चित समय निर्धारण गरेर प्रतिष्पर्धी मोडलहरुलाई कार्य तथा फोटोसुट सम्पन्न भएको अर्का आयोजक सौगात रिजालले जानकारी गराए ।
गएको बुधबार ‘रिफ्रेसमेन्ट थिम’उर्लाबारीमा अवस्थित मदन भण्डारी पार्कमा गरिएको थियो भने ‘ग्ल्यामर थिम’ गएको शनिबार परिकला फोटोग्राफी इटहरीको स्टुडियोमा गरिएको थियो । यो शो संग सम्बन्धीत समाचार भिडियो ।
यो फेसन शोको ३ ठाउमा अडिसन गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना युवतीहरुको सहभागीता रहेको थियो भने जसबाट १८ जना फाइनल चरणको लागि छनौट भएका छन् । फोटोसुट थिमको अझै केही चरणहरु बाकी रहेको आयोजकले जनाएको छ । त्यसपश्चात् यी १८ प्रतिष्पर्धी मोडलहरुबाट अन्तिम कार्य गर्दै फाइनल राउन्ड म्युजिकल फेसन रनवे शोबाट समापन हुनेछ ।
आयोजकका अनुसार झापामा भाद्र दोश्रो हप्ता फाइनल कार्यक्रम गर्ने योजना रहेको छ । फाईनलमा यो शोका प्रतिष्पर्धीहरुले सेन्ट्रल फेसन हब उर्लाबारीका विद्यार्थी र अन्य फेसन डिजाइनरहरुको ड्रेसमा र्याम्प वाल्क गर्नेछन् । ‘एकसेएकरनवे’ को इन्भेन्ट कोअर्डिनेटरको रुपमा दीक्षा गिरि र रुष्मा रोक्का, मिडिया प्रचारप्रसारको रुपमा डिथ्री अनलाइन र अफिसियल फोटोग्राफीको रुपमा परिकला फोटोग्राफी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार