‘दुराडाँडाको परिचय र पहिचान’ पुस्तक सार्वजनिक
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २२:८:५४
२२ साउन, काठमाडाैं । दुराडाँडाको परिचय र पहिचान नामक पुस्तक विमोचन भएको छ । दुराडाँडा क्षेत्रको एतिहासिक, प्राकृतिक, सामाजिक, धार्मिक, साँस्कृतिक लगायतका विषयलाई समेटेर प्रकाशन गरिएको पुस्तक आइतबार सार्वजनिक भएको हो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोईरालाले लमजुङको दुराडाँडा बिर्सनै नहुने ठाउँ भएको बताए । दुराडाँडाको इतिहास विश्वसामु चिनाउन र भावी पुस्तासम्म पुराउन पुस्तकले सहयोग पुग्ने उनको भनाइ थियो ।
दुराडाँडा नेपालमा पहिलो पटक ब्राम्हणहरूले हलो जोतेर क्रान्ती गरेको भूमि हो । सोबाहेक तत्कालिन बाइसे चौबिसे राज्यको बेला शाह राजाको स्थापना गर्ने खजे दुरा सोही डाँडामा जन्मिएका हुन् ।
नेपाली कला सँस्कृतिअन्तर्गत ठाडो भाकाको उद्गम थलो, नेपाली सांगीतिक क्षेत्रमा अन्तराष्ट्रिय पहिचान बनाउन सफल बिमाकुमारी दुरा जन्माउने भूमि पनि दुराडाँडा रहेको छ ।
नेपालको शैक्षिक जगतमा दुराडाँडालाई शिक्षितहरूको क्षेत्र पनि भन्ने गरिन्थ्यो । धार्मिक हिसाबले तुर्लुङ कालिका रहेको दुराडाँडा क्षेत्र जातिय विविधता, विविध सामाजिक विशेषताले भरिपुर्ण ठाउँ मानिन्थ्यो ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष एवं समाजका सल्लाहकार दामोदर अधिकारी, आयोजक संस्थाका संस्थापक अध्यक्ष यज्ञप्रसाद पौडेल, समाजका सल्लाहकार ईश्वरीप्रसाद अधिकारी, सल्लाहकार गणेशप्रसाद न्यौपाने, नेपाल शिक्षक महासंघ लमजुङका अध्यक्ष एवं समाजका सल्लाहकार तिर्थ न्यौपाने, सुन्दरबजार(३ का वडा अध्यक्ष अमृत न्यौपाने, १० का अध्यक्ष दिपक ढकाल, मध्यनेपाल( १० का अध्यक्ष रामचन्द्र भण्डारी, बेसीशहर–४ का वडा अध्यक्ष गमबहादुर गुरुङ लगायतले शुभकामना दिएका थिए ।
नेपालका अल्पसंख्यक दुराजातिको बसोबास रहेको दुराडाँडा हाल सुन्दरबजार नगरपालिकाअन्तर्गत पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार