ओलीलाई काउण्टर दिन गठबन्धनमा मेदनी सिटौलाको उम्मेद्धवारीको चर्चा
यज्ञप्रसाद भट्टराई
साउन २५, २०७९ बुधबार १९:५५:२
२५ साउन, काठमाडौं । आम निर्वाचनको मिति घोषणा भैसकेको र निर्वाचन आयोगले समेत निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको वर्तमान अवस्थामा सिंगो मुलुकले नै अत्यन्तै चासो र महत्वका साथ हेरिरहेको झापा क्षेत्र न ५ को निर्वाचनमा कुन दलबाट को उम्मेद्धवार हुने भन्ने कुराले अत्यन्तै शरगर्मी बढाएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा क्षेत्र नं. ५ मा गठबन्धनको उम्मेद्धवार को बन्ने ? भन्ने बिषयमा पनि उत्तिकै जोड घटाउ चलिरहेको देखिन्छ ।
झापामा पनि बिस्तारै निर्वाचनको शरगर्मी बढन थालेको देखिदैछ । पार्टी संगठन र स्वतन्त्र ब्यक्तिहरुको चहल पहल बिस्तारै शहरबाट गाउँतिर झर्न थालेको समेत आभाष हुन थालेको छ । पार्टीहरु भित्र योग्य उम्मेदवारको चर्चा शुरु भए सँगै नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ मा संघीय निर्वाचनमा युवा उम्मेद्धवारका आकांक्षीहरु समेत अगाडि आउन थालेका देखिदैछन् । यिनै मध्येका एक हुन मेदनी प्रसाद सिटौला जो अहिले झापामा अत्यन्तै चर्चाको शिखरमा देखिएका छन् ।
बिद्यार्थी राजनीतिदेखि नेपाली कांग्रेसको संगठन बिस्तारमा निरन्तर सकृय सिटौलाले सकृय राजनीति २०४६ सालको ऐतिहासिक जनआन्दाेलनसँगै शुरु गरेका हुन । २०४६ सालको जनआन्दोलमा केहि समय हिरासतमा समेत बसेका सिटौला युवा पुस्तामा एक आशाका किरणको रुपमा समेत हेरिन्छन् । आफ्नो जीवनको लामो समय राजनीतिक परिवर्तनको लडाईमा ब्यतित गरेका मेदनी सिटौला झापा कांग्रेसमा एक जल्दाेबल्दो युवा पंक्तिका नेताका रुपमा चिनिन्छन् ।
अहिलेसम्म अबिबाहित रही केवल लोकतन्त्र, राजनीतिक स्वतन्त्रता, जनजिवीकाका सवालका साथै नेपाली कांग्रेसको लागि भनेरै हिडेका सिटौलाले पार्टी सुद्धिकरण र सुदृढिकरणमा समेत उल्लेख्य योगदान पुर्याएको कांग्रेस नेता तथा कार्यकर्ताहरु बताउँछन् ।
नेपाल बिद्यार्थी संघको अध्यक्ष गुरुराज घिमिरेको कमिटिमा गगन कुमार थापा महामन्त्री, बद्री पाण्डे, प्रदिप पौडेलसँगै मेदनी सिटौला पनि केन्द्रीय उपाध्यक्ष रही नेपाल बिद्यार्थी संघको केन्द्रीय नेतृत्व सम्हाली सकेको अनुभव पनि छ । पटक पटक बिद्यार्थी आन्दोलनमा अग्रपंतिमा रही काम गरेका मेदनी सिटौला नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा केन्द्रीय सदस्यमा झिनो मतले पराजित भएका नेता हुन ।
जनताको अपार माया, साथ, सहयोग र समर्थनलाई नेपालका कम्युनिष्टहरुले तहश नहश नै पारिदिए । फलस्वरुप नेपाली जनताको विश्वास र भरोषा टुटदै जान थाले पछि ‘पुनः मुसी भवः’ भन्ने अवस्थामा अहिले नेपालका कम्युनिष्ट पार्टीहरु आईपुगेका छन् ।
नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै बिधान तथा प्रचार बिभाग संयोजकको भूमिका समेत कुशलतापूर्वक सम्हाली सकेका सिटौलालाई पार्टी भित्र मिलनशार, संगठनप्रति प्रतिबद्ध र बिपक्षीप्रति खरो आलोचकका रुपमा चिनिन्छन् । सादा जीवन र उच्च बिचारका रुपमा आम झापा क्षेत्र नं। ५ का कांग्रेस नेता, कार्यकर्ता तथा आम जनताले चिन्ने सिटौलाले कानूननमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।
बिभिन्न अवसरहरु आउँदा समेत हालसम्म कुनै पनि लाभको पदमा आकर्षित नभई केबल पार्टी र जनताको पक्षमा काम गरेका कांग्रेस नेता सिटौला जनतालाई झुट र निराशा हैन उत्साह, भरोषा र विकासको सहि परिचय दिनुपर्छ भन्ने मान्यता राख्ने कांग्रेस युवा नेता सिटौलालाई गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुले झापाको क्षेत्र नं। ५ मा संघीय निर्वाचन जित्न सक्ने उम्मेदद्धार हुन सक्ने बताउँछन् ।
गणतान्त्रिक नेपालको संबिधान घोषणा पश्चात २०७४ सालमा प्रदेश तथा संघीय निर्वाचन सम्पन्न भएको थियो । कम्युनिष्ट पार्टीहरुको सत्ताकेन्द्रित गँठजोडका कारण नेपाली जनताहरुले एक पटकलाई कम्युनिष्टहरुको एकल बहुमतको सरकार हेनृ रुचाए । नेपाली जनताको अपार मायाँ पाएको तत्कालिन नेकपाले झण्डै दुई तिहाई बहुमत नजिकको जनसमर्थन प्राप्त गरेको थियो ।
नेपाली जनताले अहिले आएर भने युवा नेतृत्वको चाहना गरेको स्पष्ट रुपमा देख्न सकिन्छ । हजुर बाको उमेरका नेताहरुलाई बिस्थापित गर्दै नेतृत्वमा युवा पुस्ताको जवर्जस्त प्रवेशलाई मुलुकको बिकासमा युवापुस्ताले देखाएको तदारुकताको रुपमा हेर्न सकिन्छ ।
विश्व राजनीतिमा झण्डै झण्डै लोप हुने अवस्थामा पुग्न लागेका कम्युनिष्टहरु नेपालमा भने भदौमा सप्रिएको गोब्रे च्याउ झै हलक्क बढेको देखियो । तर नेपाली जनताहरुको चाहना अनुरुप नेपालमा कम्युनिष्टहरुले काम गर्न भने सकेनन् । केबल सत्ता स्वार्थका लागि जोडिएको अभिनय गरेका बिपरित धारका कम्युनिष्ट पार्टीहरु सत्तारोहणमा उक्लिना साथ आपसी कलह र सत्ता लिप्साका कारण पुरानै अवस्थामा फर्किन बाध्य भए ।
जनताको अपार माया, साथ, सहयोग र समर्थनलाई नेपालका कम्युनिष्टहरुले तहश नहश नै पारिदिए । फलस्वरुप नेपाली जनताको विश्वास र भरोषा टुटदै जान थाले पछि ‘पुनः मुसी भवः’ भन्ने अवस्थामा अहिले नेपालका कम्युनिष्ट पार्टीहरु आईपुगेका छन् ।
वर्तमान सरकारले गणतन्त्र स्थापना पछिको दोश्रो प्रदेश तथा संघीय निर्वाचनको घोषणा गरिसकेको छ । आगामी मंसिर ४ गते हुने भनिएको प्रदेश र सघीय निर्वाचनमा केहि दलहरु एक्लै, केहि दलहरु गठबन्धन बनाएर त केहि ब्यक्तिहरु स्वतन्त्र रुपमा निर्वाचनमा जाने तैयारी गरिरहेका देखिन्छन् । नेपाली जनताले अहिले आएर भने युवा नेतृत्वको चाहना गरेको स्पष्ट रुपमा देख्न सकिन्छ । हजुर बाको उमेरका नेताहरुलाई बिस्थापित गर्दै नेतृत्वमा युवा पुस्ताको जवर्जस्त प्रवेशलाई मुलुकको बिकासमा युवापुस्ताले देखाएको तदारुकताको रुपमा हेर्न सकिन्छ ।
गठबन्धनका तर्फबाट मेदनी सिटौलालाई उम्मेद्धवारी बनाए झापा ५ का स्वतन्त्र बुद्धिजिबीहरु लगायत अन्य दलका रुष्ट नेता तथा कार्यकताहरुले समेत समर्थन गर्न सक्ने हरियो बत्ति समेत देखिन थालिसकेको छ ।
विगतमा ओलीको झुठको खेती, उखानटुक्का, आफ्नो क्षेत्र र सिंगो देशबासीलाई बाडेका झुटका पुलिन्दा तर्क संगत र ब्यवहारिक ढंगले गलत हुन भनेर साबित सक्ने सक्ने योग्यता र क्षमता भएका नेताका रुपमा सिटौलालाई हेर्न सकिने झापाका युवापुस्ताका नेताहरु बताउँछन् ।
ओली लगायत अन्य नेताहरुलाई जनता र कार्यकर्ताहरुले खोज्दै राजधानी जानुपर्ने अवस्थामा सिटौला भने कार्यकर्ता र जनताले खोजेको बेला सहजै उपलब्ध हुने र समस्या समाधानमा तत्काल सकृय भैहाल्ने नेताका रुपमा हेरिएको हुँदा सिटौलाको उम्मेद्धवारीले स्वयं ओलीलाई पनि फलामको च्यूरा हुन सक्ने स्वयं एमालेका नेता तथा कार्यकर्ताहरु समेत बताउँछन् ।
गठबन्धनका तर्फबाट मेदनी सिटौलालाई उम्मेद्धवारी बनाए झापा ५ का स्वतन्त्र बुद्धिजिबीहरु लगायत अन्य दलका रुष्ट नेता तथा कार्यकताहरुले समेत समर्थन गर्न सक्ने हरियो बत्ति समेत देखिन थालिसकेको छ ।
बिगतका निर्वाचनमा कुमाई समुदायको भोटले पटक पटकको निर्वाचन जितेका एमाले अध्यक्ष ओलीलाई मेदनी सिटौलाले उम्मेद्धारी पाएमा कुमाई समुदायको मत समेत बिभाजित भई मेदनी सिटौलाले समेत नै पाउने भएकोले पनि गठबन्धन दलले झापा क्षेत्र नं. ५ मा निर्वाचन जित्न मेदनी सिटौलालाई उम्मेद्धवार बनाउन सक्ने बलिया आधारहरु देखिदैछन् । एमाले अध्यक्षलाई काउन्टर दिनसक्ने गतिलो उम्मेद्धवारका रुपमा हेरिएका मेदनी सिटौलालाई कांग्रेसले टिक दिएमा झापाको क्षेत्र नं. ५ मा एमालेको एकलौटी बर्चस्व तोडिन सक्ने देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार