योगमाया आयुर्वेद विश्वविद्यालयकाे लागि ४८ रोपनी जग्गा
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार १९:३९:२३
२९ साउन, संखुवासभा । विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुंगे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८.६७ रोपनी जग्गा रजिस्ट्रेसन पास भएको समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए ।
स्थानीय मानबहादुर तामाङ १९.९२, तिलकबहादुर तामाङ चार दशमलव ४८, ग्यामबहादुर सुब्बा चार, धनमाया श्रेष्ठ दुई दशमलव दुई, केशरबहादुर श्रेष्ठ एक दशमलव ५४ र सफलमाया श्रेष्ठको १६.७१ रोपनी जग्गा पूर्वाधार समितिको नाममा रजिस्ट्रेसन पास भएको राईले बताए। जग्गा खरिद गर्न सरकारले समितिको नाममा रु सात करोड विनियोजन गरिसकेको छ ।
प्रतिनिधिसभाको गत साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो । तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण समितिको फिल्ड कार्यालय स्थापना भइसकेको छ । अरुण उपत्यकामा स्थापना हुने भएसँगै स्थानीय उत्साहित भएका छन् ।
विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको तीन सय ७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिकामा दुई सय ३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ । वि.स.१९२४ सालमा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि गरेका थिए ।
उनलाई प्रथम विद्रोही नारीका रुपमा पनि चिनिन्छ । उनको वास्तविक नाम मायादेवी न्यौपाने हो । आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय स्थापना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार