भिजिट भिसामा दुवई गएका पीडित नै एजेन्ट बनेर ठगी गर्दै, ट्राभल्स दर्ता गरेर म्यानपावरको धन्दा
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार २२:५९:२३
२ भदौ, काठमाडौं । भिजिट भिसामा गत ०७८ मंसिरमा वैदेशिक रोजगारीको सिलसिलामा दुबई मुलुक पुगेका ताराकान्त चौधरीले जय विर देवी ट्राभल्स एण्ड टुर्सका सञ्चालक रुपेश तामाङ र गगन चौधरीलाई ३ लाख ७५ हजार रकम बुझाएका थिए । चौधरीका अनुसार उनीसँग अन्य ३ जना पनि भिजिट भिसामा दुबई पुगेका थिए । तर उनीहरु ०७८ फागुन ११ गते नेपाल फर्किए ।
रुपेस तामाङ, गगन चौधरी र रमेश के.सी.मिलेर सिराहा नहरा रिगौल वडा नं.६ का पासपोर्ट नं. ०८६०३९४८ रहेका ताराकान्त चौधरी र अन्य ३ जना भिजिट भिसामा दुबई पुगेका थिए । तर उनीहरुले काम पाउन सकेनन् । खाना खर्च घरबाटै मगाएर खाए, नेपाल फर्किदा परिवारबाट पैसा मगाएर फर्के । तर जनही ४ लाख बुझाएर भिजिट भिसामा दुबई गएका उनीहरु अहिले अलपत्र परेका छन् । काठमाडौंको सिनामङ्गलस्थित शम्भु मार्ग ४ नं.रोडमा रहेको जय वीर देवी ट्राभल्स एण्ड टुर्सका सञ्चालक रुपेश तामाङ र गगन चौधरीले ताराकान्त चौधरीलाई रकम फिर्ता गर्न मानेका छैनन् । ताराकान्त चौधरीले रुपेस तामाङ र गगन चौधरीलाई रकम बुझाएका थिए ।
वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको लाइसेन्स नम्बर ७१३/०६४/०६५ मा तत्काल एजेन्ट काम गर्ने रमेश के.सी. गगन चौधरी र रुपेस तामाङले दर्जन बढी नेपाली युवायुवतीहरुलाई भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाएर ठगी गरीसकेका छन् । रुपेस तामाङ र गगन चौधरीले अहिले जय विर देवी ट्राभल्स एण्ड टुर्सबाट नेपाली युवायुवतीहरुलाई वैदेशिक रोजगारीमा पठाइरहेका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ बमोजिम विभागमा दर्ता नभै वैदेशिक रोजगार सम्बन्धी कुनै पनि कार्य गर्न नपाउने ऐनमा उल्लेख छ । यसरी ऐन विपरित वैदेशिक रोजगारीमा मानिस पठाए लिएको रकमको पचास प्रतिशतले हुने हर्जाना,तीन लाखदेखि पाँच लाख जरिवाना र तीन वर्षदेखि सातवर्षसम्म कैद हुने वैदेशिक रोजगार ऐनको परिच्छेद ९ को दफा ४३ मा उल्लेख भएपनि कार्वाही हुन सकेको छैन् ।
ताराकान्त चौधरी आफ्नो ३ लाख ७५ हजार रकम असुल्न दैनिक तामाङको ट्राभल्स धाइरहेका छन् । रुपेस तामाङ र गगन चौधरीले रमेश के.सी.को नामको चेक ताराकान्त चौधरीलाई थमाएका थिए । तर सिद्धार्थ बैंक लि.र ग्लोबल आइएमई बैंकको ‘ब्लाङ्क चेक’ वाउन्स गरेर पैसा असुल्ने भनेर ताराकान्त चौधरीलाई झुलाई रहेका छन् । चौधरी पनि दुबईबाट फर्केपछि आफ्नो स्वार्थ अनुकुल सँगै गएका अन्य तीन जना पीडितहरुको उद्दार र रकम असुलीमा आनाकानी गरिरहेका छन् । यसमा चारै जनाको मिलेमतो रहेको पुष्टि हुन्छ ।
अहिले तीनजना दलाल र एकजना पीडित गरी चारैजना पीडित बनेर वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्ने कि,चेक वाउन्सको मुद्दा लडेर अगाडि बढ्ने भन्ने द्विविधामा रहेका छन् । ताराकान्त चौधरी दैनिक रुपेस तामाङको जय विर देवी ट्राभल्स एण्ड टुर्समा धाउन थालेपछि रुपेस, गगन र रमेश के.सी.ले उम्कने बाटो खोजिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
पौडेललाई १० दिन हिरासतमा राख्ने अनुमति लिएर अदालतमा मुद्दा दायर गर्दै अख्तियार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार