मोगादिसुको हयात होटलमा आतङ्कवादी आक्रमण,१२ जना मारिए
नेपालबहस संवाददाता
भदौ ४, २०७९ शनिबार १८:३८:४६
४ भदौ , काठमाडौँ।
सोमालियाको मोगादिसुस्थित हयात होटलमा आतङ्कवादी समूह अल–शबाबले गरेको आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा कैयौँ घाइते भएका छन् ।
घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन । समाचार संस्था एपीका अनुसार हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए । शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो ।
होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कतिजना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन । इस्लामिक चरमपन्थी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । होटलको स्वागतकक्ष बाहिर भुइँमा आफूले धेरै शव देखेको उद्धार गरिएका एकजनाले बताएका छन् । आक्रमणमा मारिएकाहरूको परिचय पनि खुलाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
भारतको लोकसभाको अन्तिम चरणको मतदान आज
जेठ १९, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार