आयुश्रीलाई लिटिल आइडलको उपाधी
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २३:१:५१
५ भदौ, काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको लिटिल आइडल २०२२ को उपाधी युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा आयुसीले शीर्ष उपाधिसहित ३० हजार रुपैयाँ पुरस्कार एवं प्याब्सन काठमाडौंको तर्फबाट एक वर्षको छात्रावृत्ति प्राप्त गरेकी छन् ।
जमलस्थित सांस्कृतिक संस्थानमा भएको प्रतियोगितामा बागमती बोर्डिङ हाईस्कुल सुकेधाराकी प्रश्मी रत्न फस्ट रनरअप, नेशनल ब्लुमिङ फ्लावर एकेडेमी बुढानिलकण्डकी बिहानी गुरुङ मिस लिडरसिपसहित सेकेन्ड रनरअप घोषित भए । प्रश्मीले २० हजार रुपैयाँ र बिहानीले १० हजार रुपैयाँसहित दुवैजनाले एकरएक वर्षको छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्रतियोगितामा १० हजार रुपैयाँ पुरस्कारसहित नेपाल सेन्ट्रल हाइस्कुल नरेफाँटकी सगुन महर्जन मिस ट्यालेन्ट, इलिक्जर एकेडेमी कुमारीगलकी सम्पदा महतो मिस कन्फिडेन्ट, ग्रामर पब्लिक स्कुल काटेश्वरकी सिर्जा शाह मिस डाइनामिस घोषित भए । त्यसैगरी मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारकी आश्का भण्डारी मिस पर्सनालिटी, क्याम्ब्रिज पब्लिक हाईस्कुल पुरानो बानेश्वरकी अभिलाशा श्रेष्ठ मिस फोटोजेनिक, इडेन ब्रिज एकेडेमी धापासीकी करुना थुलुङ राई मिस फ्रेण्डसिप र केएमसी स्कुल बुद्धनगरकी प्रिन्सु शर्मा मिस इन्टर्याक्टिभ हुन सफल भए ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रतियोगीहरुको प्रस्तुती उत्कृष्ठ रहेको बताउँदै आफु शिक्षण पेशाबाट आएकाले विद्यार्थीको भावना र प्रतिभा नजिकबाट महसुस गर्न सक्ने बताए । ‘सहभागी छात्राहरुको प्रस्तुती असाध्यै राम्रो लाग्यो । छात्राहरुको अत्तिरिक्त क्षमता उजागर गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको प्रयास सराहनीय छ’, मुख्यमन्त्री पाण्डले भने ।
राजधानीका विभिन्न विद्यालयबाट आएका ६५ जना प्रतियोगीहरुलाई उनीहरुको दक्षता र प्रतिभाअनुसार आर्ट एक्सेलेन्स अवार्ड, सिंगिङ एक्सेलेन्स अवार्ड, डान्सिङ एक्सेलेन्स अवार्ड, इन्ट्रुमेन्ट प्लेइङ एक्सेलेन्स अवार्ड, पब्लिक स्पिकिङ एक्सेलेन्स अवार्डलगायत विभिन्न अवार्डबाट सम्मान गरिएको थियो । प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय प्याब्सन एवं प्याब्सन काठमाडौंका पदाधिकारीहरुले विजेता एवं सहभागीहरुलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा प्राज्ञ प्रदीप बोमजन, डीआईजी भीम ढकाल, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, मिस कस्मोपोलिटन वर्ल्ड २०१९ प्रियारानी लामा, अभिनेत्री उषा रजक, मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ र नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेजका डेपुटी डारेक्टर शिव अधिकारी निर्णायकका रुपमा रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार